२०८१ चैत्र २
March 15, 2025, Saturday

बेनीमा करदाता शिक्षा सम्बन्धी अन्तरक्रिया

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने मूल नारासहित आज (सोमबार) म्याग्दीको सदरमुकाम बेनीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय कर दिवस–२०८० को अवसरमा बेनी नगरपालिकाको आयोजना, आन्तरिक राजश्व कार्यालय बागलुङको समन्वय र म्याग्दी उद्योग वाणिज्य संघको व्यवस्थापनमा कार्यक्रम गरिएको हो ।

Advertisement

कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले नगरपालिकामार्फत ग्रामीण भेगका किसानहरुले उत्पादन गरेको कृषि उत्पादनलाई बिहान १० बजेसम्म डोकाबाटै बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

उहाँले व्यवसायीहरु स्वयंले स्वतस्फूर्त रुपमा कर तिर्नुपर्ने र यसका लागि सम्बन्धित निकायले वातावरण निर्माणका लागि आवश्यक सहजीकरण गर्नुपर्ने बताउँदै बेनी नगरपालिकाबाट घरबहाल कर उठाउन यसअघि बनाएको कानुन परिवर्तन गरेर नयाँ दररेट कायम गरिएको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत शालिग्राम आचार्यले व्यवसायीहरु जुन व्यवसायमा दर्ता भएको हो, त्यसैको मात्रै कारोबार गर्नुपर्ने बताउनुभयो । उहाँले ५० लाख रुपैयाँभन्दा तलको कारोबार प्यान र ५० लाखभन्दा माथिको कारोबार भ्याटमार्फत गर्नुपर्ने बताउँदै व्यावसायिक प्रयोजनका लागि बिलबिजक बिना सामानको खरिद र बिक्री गर्न नहुनमा जोड दिनुभयो । सामान खरिद गर्ने क्रममा बिलबिजक नभएको अवस्थामा भरपाई बनाएर आर्थिक कारोबार गर्नुपर्ने बताउँदै उहाँले बिचौलियाले सामान खरिदसँगै बजारको पनि खोजी गरिदिने धारणा व्यक्त गर्नुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा निर्माण व्यवसायीहरुले प्यान, भ्याट, अन्तःशुल्क तथा कारोबार, मिसम्याच र कर तिर्ने समयमा झेल्नुपरेका समस्याहरुको बारेमा जानकारी गराएका थिए । व्यवसायीहरुले उठाएको गुनासो तथा जिज्ञासाको विषयमा प्रमुख कर अधिकृत आचार्यले जवाफ दिनुभएको थियो ।


कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बागलुङका कर अधिकृत मोहनप्रसाद आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको अध्यक्षता र स्वागत, महासचिव अमित बानियाँको सञ्चालन र वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।

Related News

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
  • २०८० मंसिर ४, सोमबार १४:०९

म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली...

बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
  • २०८० मंसिर ४, सोमबार १४:०९

अमित विश्वकर्माम्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा...

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
  • २०८० मंसिर ४, सोमबार १४:०९

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन्...

TOP