२०८१ माघ ४
January 17, 2025, Friday

लोक दोहोरी प्रतिष्ठानले राख्यो बेनी नगरको प्रतिक्षालयमा वाटर डिस्पेन्सर

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिकामा आउने सेवाग्राहीहरुको लागि तातो चिसो पिउने पानी उपलब्ध गराउने गरि वाटर डिस्पेन्सर मेसिन राखेको छ ।

Advertisement

नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरु बस्ने प्रतिक्षालयमा बुधबार वाटर डिस्पेन्सर राखिएको हो ।
नगरपालिकामा सेवा लिन आउने सेवाग्राही, बेनी – दरवाङ तथा बेनी – बाग्लुङ जाने यात्रुहरु, गेट वाहिर रहने यातायात व्यवसायीहरु, समेतलाई सुविधा पुग्ने गरि तातो चिसो शुद्ध पीउने पानीको व्यवस्था गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष धु्रव जिसीले बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका प्रमुख सुरत केसीले सेवाग्राहीहरुलाई लक्षित गरि तातोचिसो पिउने पानीको व्यवस्थाका लागि वाटर डिस्पेन्सर राखिदिएकोमा प्रतिष्ठानलाई आभार प्रकट गर्नुभयो । केसीले भन्नुभयो, ‘प्रतिष्ठानले सामाजिक उत्तरदायित्व वहन गरेको छ, हाम्रा सेवाग्राही तथा गेट वाहिर ट्याक्सी तथा बसको पर्खामा रहने यात्रुहरुलाई पनि यसले पिउने पानीको सुविधा हुनेछ ।

नगरप्रमुख केसीले एक गीलास मनतातो पानी समेत पिउनुभएको थियो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल पनि कार्यक्रममा सहभागी हुनुभएको थियो । प्रत्येक दिन उक्त जारमा पानी राख्ने, मेसिनमा पानी तताउने र उक्त मेसिनको सुरक्षा गर्ने समेतको जिम्मेवारी नगर प्रहरीले लिने भएको छ ।

नगर प्रहरी प्रमुख शंकर पौडेलले १० वटै वडाबाट आउने सेवाग्राहीहरु तथा अन्य व्यक्तिहरुलाई समेत तातो चिसो शुद्ध पीउने पानीको सुविधा भएको भन्दै प्रत्येक दिनमा जारमा पानी राख्ने र उक्त वाटर डिस्पेन्सरको हेरचाह गर्ने कार्यमा नगर प्रहरी खटिने बताउनुभयो ।

प्रतिष्ठानले करिव १३ हजार २ सयको लागतमा उक्त वाटर डिस्पेन्सर राखेको हो । कार्यक्रममा प्रतिष्ठान गण्डकी प्रदेश समितिका सदस्य अमित विश्वकर्मा, प्रतिष्ठान म्याग्दीका कोषाध्यक्ष तथा बेनी नगर प्रहरी प्रमुख शंकर पौडेल, सदस्य राजकुमार परियार, शक्ति छिनाल लगायतको उपस्थिति रहेको थियो ।

सामाजिक उत्तरदायित्व अन्तरगत प्रतिष्ठान म्याग्दीले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितका राहतका लागि १५ हजार ५ सय ५५ रपैयाँ प्रतिष्ठान केन्द्रलाई दुई साता अघि पठाएको थियो ।

Related News

पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
  • २०८० मंसिर ६, बुधबार १५:३३

म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी...

अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
  • २०८० मंसिर ६, बुधबार १५:३३

धौलागिरि अधिकृत बिक्रेता संघले बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।...

म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
  • २०८० मंसिर ६, बुधबार १५:३३

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ...

TOP