२०८३ असार २७
July 11, 2026, Saturday

लोक दोहोरी प्रतिष्ठानले राख्यो बेनी नगरको प्रतिक्षालयमा वाटर डिस्पेन्सर

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिकामा आउने सेवाग्राहीहरुको लागि तातो चिसो पिउने पानी उपलब्ध गराउने गरि वाटर डिस्पेन्सर मेसिन राखेको छ ।

नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरु बस्ने प्रतिक्षालयमा बुधबार वाटर डिस्पेन्सर राखिएको हो ।
नगरपालिकामा सेवा लिन आउने सेवाग्राही, बेनी – दरवाङ तथा बेनी – बाग्लुङ जाने यात्रुहरु, गेट वाहिर रहने यातायात व्यवसायीहरु, समेतलाई सुविधा पुग्ने गरि तातो चिसो शुद्ध पीउने पानीको व्यवस्था गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष धु्रव जिसीले बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका प्रमुख सुरत केसीले सेवाग्राहीहरुलाई लक्षित गरि तातोचिसो पिउने पानीको व्यवस्थाका लागि वाटर डिस्पेन्सर राखिदिएकोमा प्रतिष्ठानलाई आभार प्रकट गर्नुभयो । केसीले भन्नुभयो, ‘प्रतिष्ठानले सामाजिक उत्तरदायित्व वहन गरेको छ, हाम्रा सेवाग्राही तथा गेट वाहिर ट्याक्सी तथा बसको पर्खामा रहने यात्रुहरुलाई पनि यसले पिउने पानीको सुविधा हुनेछ ।

नगरप्रमुख केसीले एक गीलास मनतातो पानी समेत पिउनुभएको थियो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल पनि कार्यक्रममा सहभागी हुनुभएको थियो । प्रत्येक दिन उक्त जारमा पानी राख्ने, मेसिनमा पानी तताउने र उक्त मेसिनको सुरक्षा गर्ने समेतको जिम्मेवारी नगर प्रहरीले लिने भएको छ ।

नगर प्रहरी प्रमुख शंकर पौडेलले १० वटै वडाबाट आउने सेवाग्राहीहरु तथा अन्य व्यक्तिहरुलाई समेत तातो चिसो शुद्ध पीउने पानीको सुविधा भएको भन्दै प्रत्येक दिनमा जारमा पानी राख्ने र उक्त वाटर डिस्पेन्सरको हेरचाह गर्ने कार्यमा नगर प्रहरी खटिने बताउनुभयो ।

प्रतिष्ठानले करिव १३ हजार २ सयको लागतमा उक्त वाटर डिस्पेन्सर राखेको हो । कार्यक्रममा प्रतिष्ठान गण्डकी प्रदेश समितिका सदस्य अमित विश्वकर्मा, प्रतिष्ठान म्याग्दीका कोषाध्यक्ष तथा बेनी नगर प्रहरी प्रमुख शंकर पौडेल, सदस्य राजकुमार परियार, शक्ति छिनाल लगायतको उपस्थिति रहेको थियो ।

सामाजिक उत्तरदायित्व अन्तरगत प्रतिष्ठान म्याग्दीले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितका राहतका लागि १५ हजार ५ सय ५५ रपैयाँ प्रतिष्ठान केन्द्रलाई दुई साता अघि पठाएको थियो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP