२०८३ आश्विन १
September 17, 2026, Thursday

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको पोल बेनी ल्याइँदैछ ।

Advertisement

बेनीको मङ्गलाघाट बजार छेउमा रहेको नेपाली सेनाको तत्कालीन समयमा कालीप्रसाद गण (ई) छेउमा रहेको बिजुलीको पोलमा भिडन्तको क्रममा सयौँ गोली लागी प्वाल परेको अवस्थामा थियो ।

भिडन्तका बेला क्रसफायरमा परी छिया–छिया भएको बिजुलीको उक्त पोल २०६३ सालमा ललितपुरको पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालय हाताभित्र रहेको यलमाया केन्द्रमा लगेर सुरक्षित गरिएको थियो । पछि म्याग्दीका राजनीतिक दल, अधिकारकर्मी र नागरिक अगुवाले मदन पुरस्कार पुस्तकालयका प्रतिनिधिलाई बारम्बार भेटेर पोल फिर्ता गरिदिन आग्रह गर्दैआएका थिए ।

यसअघि पनि मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले  जिल्ला समन्वय समिति म्याग्दीलाई पत्र लेखी पुस्तकालयमा संरक्षित द्वन्द्वकालीन र ऐतिहासिक महत्त्व राख्ने बिजुलीको पोल बेनी लग्ने व्यवस्था मिलाउन भन्नुभएको थियो । अध्यक्ष दीक्षितले पोल आज बेनी पठाउन लागिएको बताउनुभयो । प्रक्रिया पूरा गरेर बेनी नगरपालिकाका नगर प्रहरी प्रमुख शङ्कर पौडेलको रोहबरमा पठाउन लागिएको जानकारी  दिनुभयो ।

पोल फिर्ता ल्याउन लागिएको बिजुलीको पोललाई बेनी नगरपालिका वडा ७ मा बन्न लागेको शान्तिपार्कमा राखिने बताइएको छ । बेनी नगरपालिका प्रमुख सुरत केसीले आज बिहीबार राति सो पोल बेनी ल्याइने जानकारी दिनुभयो । ‘‘धेरै समयको प्रयास र पहलपछि ऐतिहासिक विद्युतीय पोल आज राति बेनी ल्याइनेछ’’ उहाँले भन्नुभयो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP