२०८२ बैशाख २८
May 11, 2025, Sunday

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको पोल बेनी ल्याइँदैछ ।

Advertisement

बेनीको मङ्गलाघाट बजार छेउमा रहेको नेपाली सेनाको तत्कालीन समयमा कालीप्रसाद गण (ई) छेउमा रहेको बिजुलीको पोलमा भिडन्तको क्रममा सयौँ गोली लागी प्वाल परेको अवस्थामा थियो ।

Advertisement

भिडन्तका बेला क्रसफायरमा परी छिया–छिया भएको बिजुलीको उक्त पोल २०६३ सालमा ललितपुरको पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालय हाताभित्र रहेको यलमाया केन्द्रमा लगेर सुरक्षित गरिएको थियो । पछि म्याग्दीका राजनीतिक दल, अधिकारकर्मी र नागरिक अगुवाले मदन पुरस्कार पुस्तकालयका प्रतिनिधिलाई बारम्बार भेटेर पोल फिर्ता गरिदिन आग्रह गर्दैआएका थिए ।

यसअघि पनि मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले  जिल्ला समन्वय समिति म्याग्दीलाई पत्र लेखी पुस्तकालयमा संरक्षित द्वन्द्वकालीन र ऐतिहासिक महत्त्व राख्ने बिजुलीको पोल बेनी लग्ने व्यवस्था मिलाउन भन्नुभएको थियो । अध्यक्ष दीक्षितले पोल आज बेनी पठाउन लागिएको बताउनुभयो । प्रक्रिया पूरा गरेर बेनी नगरपालिकाका नगर प्रहरी प्रमुख शङ्कर पौडेलको रोहबरमा पठाउन लागिएको जानकारी  दिनुभयो ।

पोल फिर्ता ल्याउन लागिएको बिजुलीको पोललाई बेनी नगरपालिका वडा ७ मा बन्न लागेको शान्तिपार्कमा राखिने बताइएको छ । बेनी नगरपालिका प्रमुख सुरत केसीले आज बिहीबार राति सो पोल बेनी ल्याइने जानकारी दिनुभयो । ‘‘धेरै समयको प्रयास र पहलपछि ऐतिहासिक विद्युतीय पोल आज राति बेनी ल्याइनेछ’’ उहाँले भन्नुभयो ।

Related News

जलजलाका उत्कृष्ट चालिस उद्यमीलाई सम्मान
जलजलाका उत्कृष्ट चालिस उद्यमीलाई सम्मान
  • २०८० मंसिर २१, बिहीबार १४:५९

पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट चालिस जना उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका...

निःशुल्क आँखा चेकजाँच तथा मोतियाविन्दुको शल्यक्रिया शिविर बिरामीहरुको घुइँचो
निःशुल्क आँखा चेकजाँच तथा मोतियाविन्दुको शल्यक्रिया शिविर बिरामीहरुको घुइँचो
  • २०८० मंसिर २१, बिहीबार १४:५९

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निःशुल्क आँखा शिविर तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । मालिका गाउँपालिका, पश्चिम नेपाल...

झिँको वडा कार्यालय भवन उद्घाटन (फोटोफिचर)
झिँको वडा कार्यालय भवन उद्घाटन (फोटोफिचर)
  • २०८० मंसिर २१, बिहीबार १४:५९

 म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । संघ ,स्थानीय सरकार र स्थानीयबासीको संयुक्त रुपमा करिब दुई...

TOP