म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा मुडा बुनाई तालिम प्रदान गरिएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको आयोजनामा शिपमुलक तालिम अन्तरगत आठ दिने मुडा बुनाई तामिल दिईएको हो ।
२५ जनाले सहभागीता जनाएको तालिममा नेत्रलाल गोतामेले मुडा बुन्ने व्यवहारिक तालिम दिनुभएको थियो । तालिममा सहभागीहरुले मुडा बुन्न सक्ने क्षमता र सिप सिकेको सिकाई केन्द्रका अध्यक्ष मुक्तिनाथ सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, तामिलले स्थानीय स्तरमा खेर गएको बाँसको उपयोग गरि उद्यमी बन्ने बाटो खोलेको छ ।
तालिम समापन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै ढकालले थोरै लगानी र फुर्सदको समयलाई उपयोग गरेर उद्यमी बन्न मुडा बुनाई सिप उपलब्धीमुलक बन्न सक्ने बताउनुभयो ।
उहाँले तालिममा सिकेको सिपलाई व्यवहारिक रुपमा उतार्न सकेमा मात्रै तालिमको औचित्य हुने बताउँदै सिपलाई उपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रशिक्षक गोतामेले सहभागीहरुलाई थप सिपको निखार ल्याउन आफुले आगामी दिनमा समेत सहयोग गर्ने बताउनुभयो । सिकाई केन्द्रका परिचालिका दुर्गादेवी भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा सदस्य जयन्ती मल्ल भण्डारीले समेत मन्तव्य राख्नुभएको थियो ।
। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...