२०८३ असार १
June 15, 2026, Monday

सकियो मौवाफाँटमा मुडा बुनाई तालिम

 म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा मुडा बुनाई तालिम प्रदान गरिएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको आयोजनामा शिपमुलक तालिम अन्तरगत आठ दिने मुडा बुनाई तामिल दिईएको हो ।

Advertisement

२५ जनाले सहभागीता जनाएको तालिममा नेत्रलाल गोतामेले मुडा बुन्ने व्यवहारिक तालिम दिनुभएको थियो । तालिममा सहभागीहरुले मुडा बुन्न सक्ने क्षमता र सिप सिकेको सिकाई केन्द्रका अध्यक्ष मुक्तिनाथ सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, तामिलले स्थानीय स्तरमा खेर गएको बाँसको उपयोग गरि उद्यमी बन्ने बाटो खोलेको छ ।

Advertisement

तालिम समापन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै ढकालले थोरै लगानी र फुर्सदको समयलाई उपयोग गरेर उद्यमी बन्न मुडा बुनाई सिप उपलब्धीमुलक बन्न सक्ने बताउनुभयो ।

  उहाँले तालिममा सिकेको सिपलाई व्यवहारिक रुपमा उतार्न सकेमा मात्रै तालिमको औचित्य हुने बताउँदै सिपलाई उपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रशिक्षक गोतामेले सहभागीहरुलाई थप सिपको निखार ल्याउन आफुले आगामी दिनमा समेत सहयोग गर्ने बताउनुभयो । सिकाई केन्द्रका परिचालिका दुर्गादेवी भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा सदस्य जयन्ती मल्ल भण्डारीले समेत मन्तव्य राख्नुभएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP