२०८२ बैशाख ५
April 18, 2025, Friday

२१ औँ जेसीज कपको उपाधि वेष्ट पोइन्टलाई

म्याग्दीमा आइतबार सम्पन्न २१ औँ अन्तर मा.वि स्तरीय जेसीजकप फुटबल प्रतियोगिताको उपाधी न्यू वेष्ट पोइन्ट आवासीय माविले हात पारेको छ । बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको फाइनलमा माउन्ट एभरेष्ट आवासीय मावीलाई ६ का विरुद्ध सात गोल गर्दै वेष्ट पोइन्ट च्याम्पीएन बनेको हो ।

Advertisement

निर्धारित ९० मिनेटको समयमा दुवै तर्फबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । बिजेतालाई जेसीजकप, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु. ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु. ३२ हजार २२२ पुरस्कार प्रदान गरिएको म्याग्दी जेसीजका महासचिव कुमार बानियाले जानकारी दिनुभयो ।

Advertisement

वेष्ट पोइन्टले यसपाली सहित छैटो पटक जेसीजकपको उपाधी जितेको हो । माउन्टले चार पटक जेसीजकप जितेको थियो । न्यु वेष्ट पोइन्टका पवन खत्री उत्कृष्ट खेलाडी, सिद्धार्थ पाईजा उत्कृष्ट गोलरक्षक र दिपेन राईले उत्कृष्ट प्रशिक्षकको उपाधी पाउँदा समन थापा सर्वाधिक गोलकर्ता बन्नुभयो । थापाले प्रतियोगिता अवधिभर ९ गोल गर्नुभयो ।

माउन्टका शुशिल पुन राइजिङ प्लेयर, सनम बिक उत्कृष्ट स्ट्राइकर, बेनी बोर्डिङका अनिश भण्डारी उत्कृष्ट मिडफिल्डर र वेनी सामुदायिक माविका अविनास बोहोराले उत्कृष्ट डिफेण्डरको उपाधी पाउनुभयो । अनुशासित टिमको उपाधी सहित हेम नमुना आवसीय मावि शिवाङले नगद रु. पाँच हजार पुरस्कार पाए ।

डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई अवार्डसहित क्रमश ः नगद २५ सयका दरले पुरस्कृत गरिएको छ । सेमिफाइनलबाट बाहिरिएका हेम नमुना आवासीय मावि र बेनी सामुदिायक माविले रु. पाँच÷पाँच हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

बिजेता, उपबिजेता र विभिन्न बिधामा उत्कृट खेलाडीहरुलाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, म्याग्दी जेसीजका अध्यक्ष सुमन बानिया लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २३ वटा विद्यालयका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरु सहभागि भएका थिए ।
मो ः ९८५७६३०१११

Related News

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८० मंसिर २४, आईतवार १०:२१

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८० मंसिर २४, आईतवार १०:२१

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
  • २०८० मंसिर २४, आईतवार १०:२१

म्याग्दी, २८ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको...

TOP