Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

२१ औँ जेसीज कपको उपाधि वेष्ट पोइन्टलाई

म्याग्दीमा आइतबार सम्पन्न २१ औँ अन्तर मा.वि स्तरीय जेसीजकप फुटबल प्रतियोगिताको उपाधी न्यू वेष्ट पोइन्ट आवासीय माविले हात पारेको छ । बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको फाइनलमा माउन्ट एभरेष्ट आवासीय मावीलाई ६ का विरुद्ध सात गोल गर्दै वेष्ट पोइन्ट च्याम्पीएन बनेको हो ।

Advertisement

निर्धारित ९० मिनेटको समयमा दुवै तर्फबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । बिजेतालाई जेसीजकप, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु. ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु. ३२ हजार २२२ पुरस्कार प्रदान गरिएको म्याग्दी जेसीजका महासचिव कुमार बानियाले जानकारी दिनुभयो ।

Advertisement

वेष्ट पोइन्टले यसपाली सहित छैटो पटक जेसीजकपको उपाधी जितेको हो । माउन्टले चार पटक जेसीजकप जितेको थियो । न्यु वेष्ट पोइन्टका पवन खत्री उत्कृष्ट खेलाडी, सिद्धार्थ पाईजा उत्कृष्ट गोलरक्षक र दिपेन राईले उत्कृष्ट प्रशिक्षकको उपाधी पाउँदा समन थापा सर्वाधिक गोलकर्ता बन्नुभयो । थापाले प्रतियोगिता अवधिभर ९ गोल गर्नुभयो ।

माउन्टका शुशिल पुन राइजिङ प्लेयर, सनम बिक उत्कृष्ट स्ट्राइकर, बेनी बोर्डिङका अनिश भण्डारी उत्कृष्ट मिडफिल्डर र वेनी सामुदायिक माविका अविनास बोहोराले उत्कृष्ट डिफेण्डरको उपाधी पाउनुभयो । अनुशासित टिमको उपाधी सहित हेम नमुना आवसीय मावि शिवाङले नगद रु. पाँच हजार पुरस्कार पाए ।

डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई अवार्डसहित क्रमश ः नगद २५ सयका दरले पुरस्कृत गरिएको छ । सेमिफाइनलबाट बाहिरिएका हेम नमुना आवासीय मावि र बेनी सामुदिायक माविले रु. पाँच÷पाँच हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

बिजेता, उपबिजेता र विभिन्न बिधामा उत्कृट खेलाडीहरुलाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, म्याग्दी जेसीजका अध्यक्ष सुमन बानिया लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २३ वटा विद्यालयका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरु सहभागि भएका थिए ।
मो ः ९८५७६३०१११

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP