२०८३ असार ११
June 25, 2026, Thursday

म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन पौष १ गते हुने

नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही पौष १ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ ।
पटक पटक विभिन्न कारणले रोकिएको जिल्ला सम्मेलन यही पौष १ गते मंका खलको सभाहलमा आयोजना गरिएको पार्टीका जिल्ला सचिव भरत बहादुर रकालले जानकारी दिनुभयो ।

सम्मेलनको उद्घाटन कार्यक्रमको प्रमुख वक्तामा नेपाली कांग्रेसका महामन्त्री माननिय विश्व प्रकाश शर्मा आउने कार्यक्रम रहेको रकालले जानकारी दिनुभयो । ‘पहिलो पटक तयारी नपुगेका कारण स्थगित भएको थियो दोस्रो पटक भुकम्पका कारण देश नै शोकमा भएका करण हुन सकेको थिएन ।’ १ गते हुने कार्यक्रमको तयारी अन्तिम चरण रहेकोे रकालले जानकारी दिनुभयो ।

उक्त सम्मेलनमा ४१ वडाका करिब सात सय पचास क्षेत्रीय प्रतिनिधिहरु सहित अन्य कार्यकर्ता समेत उपपिस्थित हुने कांग्रेसले जनाएको छ । प्रत्येक बर्ष गर्नुपर्ने सम्मेलन यस पटपक अधिवेशनपछि पहिलो पटक हुन लागेकाले अहिले सम्म कार्य समितिले गरेका प्रगति र साँगठनिक, आर्थिक प्रतिवेदनको बिषयमा छलफल हुने रकालले बताउनुभयो ।

Advertisement

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP