२०८२ बैशाख ५
April 18, 2025, Friday

म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन पौष १ गते हुने

नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही पौष १ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ ।
पटक पटक विभिन्न कारणले रोकिएको जिल्ला सम्मेलन यही पौष १ गते मंका खलको सभाहलमा आयोजना गरिएको पार्टीका जिल्ला सचिव भरत बहादुर रकालले जानकारी दिनुभयो ।

सम्मेलनको उद्घाटन कार्यक्रमको प्रमुख वक्तामा नेपाली कांग्रेसका महामन्त्री माननिय विश्व प्रकाश शर्मा आउने कार्यक्रम रहेको रकालले जानकारी दिनुभयो । ‘पहिलो पटक तयारी नपुगेका कारण स्थगित भएको थियो दोस्रो पटक भुकम्पका कारण देश नै शोकमा भएका करण हुन सकेको थिएन ।’ १ गते हुने कार्यक्रमको तयारी अन्तिम चरण रहेकोे रकालले जानकारी दिनुभयो ।

उक्त सम्मेलनमा ४१ वडाका करिब सात सय पचास क्षेत्रीय प्रतिनिधिहरु सहित अन्य कार्यकर्ता समेत उपपिस्थित हुने कांग्रेसले जनाएको छ । प्रत्येक बर्ष गर्नुपर्ने सम्मेलन यस पटपक अधिवेशनपछि पहिलो पटक हुन लागेकाले अहिले सम्म कार्य समितिले गरेका प्रगति र साँगठनिक, आर्थिक प्रतिवेदनको बिषयमा छलफल हुने रकालले बताउनुभयो ।

Advertisement

Related News

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८० मंसिर २७, बुधबार ०३:३९

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८० मंसिर २७, बुधबार ०३:३९

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
  • २०८० मंसिर २७, बुधबार ०३:३९

म्याग्दी, २८ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको...

TOP