२०८३ असार ४
June 18, 2026, Thursday

पदमार्ग बनाउन गण्डकी प्रदेशका मन्त्री रेशम जुग्जालीले गरे श्रमदान

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा वडा कमिटीले संचालन गरेको पदमार्ग निर्माण अभियानमा श्रमदानसहित आर्थिक सहयोग गरेको छ। नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले सुरु गरेको माछखर्कदेखि कुनौटाघाट जोड्ने पदमार्गको श्रमदान अभियानमा बुधबार जिल्ला संयोजक एवम् गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री रेशम जुग्जाली, प्रदेशसभा सदस्य हरी भण्डारी, पुर्व प्रदेशसभा सदस्य विनोद केसी, पाटीका प्रदेश सदस्य रिम केसी, बेनी नगरकमिटीका सचिव ज्ञानेन्द्र सुवेदी र जिल्ला सदस्य नरबहादुर भण्डारी लगायत स्थानीयले श्रमदान गर्नुभएको थियो । ।

Advertisement

गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पुर्याउन जीर्ण पदमार्ग रहेको ठाउँमा पक्की पदमार्ग निर्माण अभियान अन्तगरत श्रमदानस्थलमा जिल्ला समितिको तर्फबाट जिल्ला संयोजक जुग्जालीले दश हजार रुपैयाँ आर्थिक सहयोग वडा कमिटीका अध्यक्ष बालकृष्ण कटुवाललाई हस्तान्तरण गर्नुभएको त्यस्तै भगवती स्थित स्थानीय युवाहरुले सुरु गरेको रिसिनचौतारी हुदै सिरुबारी आर्यघाट जाने पदमार्ग निर्माण अभियानमा जूग्जालीले पदर्माग निर्माण अभियानका सदस्य आकाश केसीलाई १० हजार आर्थिक सहयोग पाटीको तर्फबाट उपलब्ध गर्नुभएको थियो ।

Advertisement

श्रमदान गर्न पुग्नुभएका मन्त्री जुग्जालीले राज्यको तर्फबाट गर्नुपर्ने काम समुदायको नेतृत्वमा श्रमदान र सहयोग जुटाएर गर्नुभएको कामको प्रंशसा गर्नुभयो । उहाँले निर्माण गरेको पदमार्गको अवलोकन गर्दै पूर्णता दिन प्रदेशबाट पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । गत असोजको तेस्रो सातादेखि पदमार्ग निर्माण सुरु भएको थियो । श्रमदान अभियानबाट सुरु भएको पदमार्ग निर्माणमा स्वदेशमा रहेका स्थानीयवासी श्रमदानमा जुटेका छन भने प्रवासीले मन खोलेर सहयोग गरेको पदमार्ग निर्माणका नेतृत्व गरेका माओवादी केन्द्र भगवतीका वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवालले बताउनुभयो । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका राखु भगवतीबासी लगायतबाट १६ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको बताउनुभयो ।

करिव एक किलोमिटर पाँच सय मिटर पदमार्ग बनाउन समुदायका युवाहरुले बिहानदेखि साँझसम्म नै पदमार्ग बनाउने काममा श्रमदानमार्फत बेनी– जोमसोम सडकबाट गिट्टी बालुवा र सिमेन्ट उकालो र जङ्गलको बाटोमा बोकेका छन् । आर्थिक सहयोग समुदायले मन खुलाएर गरेपछि ज्यालामा सिपालु हालेर पदमार्ग अभियानालाई निरन्तरता दिएको कटुवालले बताउनुभयो । विभिन्न पदमार्ग निर्माणमा खटिने व्यक्तिहरुलाई राखुस्थित विभिन्न टोलका आमासमूहले निशुल्क खाजाको ब्यवस्था गर्नुभएको छ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP