२०८२ फाल्गुन २४
March 8, 2026, Sunday

धवलागिरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । वडा नम्बर ७ स्थित सिवाङमा हेम नमुना आवासीय मावि परिसरमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । ४ गते सम्मसञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालय सहभागि रहेका धवलागिरी गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीले बताउनुभयो ।

Advertisement

उहाँका अनुसार,एथलेटिक्स र भलिबल बिधाका खेलमा विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराईने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड, मेडल र प्रमाणपत्र सहित साठी हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । दृतिय चालीस हजार रुपैयाँ र तृतीयले तीस हजार पुरस्कार प्राप्त गर्ने गाउँपाकिलाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

Advertisement

मार्च पासमा उत्कृष्ट जनकल्याण माविलाई दश हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । भने छात्र र छात्रा भलिबलमा बिजयी हुनेलाई पाँच÷पाँच हजार रुपैयाँ तथा सहभागी विद्यालयलाई सहभागी खेल र संख्याका आधारमा यातायात र सुविधा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले गर्वुजाले खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई अनुशासीत बनाउन समेत खेलकुदले सिकाउने बताउँदै खेलाडीहरुले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन आग्रह गर्नुभयो ।

स्थानीय, प्रदेश र संघीय सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले विद्यार्थीहरुलाई गलत बाटोमा जानबाट रोक्न खेलकुदले रचनात्मक भुमिका खेल्ने बताउनुभयो । साथै उहाँले लुलाङ–गुर्जा सडकलाई संघबाट दुई करोड विनियोजन भएको बताउनुभयो । आयोजना निर्माणलाई पुर्णता दिन बजेट विनियोजनको लागि पहल गर्ने बताउनुभयो । साथै उहाँले बेनी–दरवाङ–ढोरपाटन हुँदै रुकुुम जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको बागलुुङ–रुकुुम सडकको विकल्प बनाउने योजना अघि सारिएको बताउनुुभयो । ‘बागलुुङबाट भन्दा म्याग्दीबाट ढोरपाटन हुुदै रुकुुम जोड्ने सडक करिब ७० किलोमिटर छोटो हुुन्छ’,उहाँले भन्नुुभयो ‘जलजला क्षेत्रमा नयाँ सडक खनेमा ढोरपाटनसँग जोडिन्छ । यसको लागि मैले पहल थालिसकेको छु ।’

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले प्रतियोगिताले खेलप्रतिभाको पहिचान गर्नमा सहयोग पुग्ने बताउनुभयो । उहाँले खेल क्षेत्रको पुर्वाधार विकासका लागि गाउँपालिकाले थप सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनुभयो । स्रोत व्यक्ति गिरिप्रसाद छन्त्याल र नगेन्द्र मल्लको सञ्चालन र कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक देवेन्द्र रोकाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले समापन गर्नुभएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, हेम माविमा प्रअ सेरबहादुर केसी ,कांग्रेस म्याग्दीका नेता बलभद्र ढकालले लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । हेम नमुना आवासीय माविका महिला शिक्षकहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो । पहिलो दिन पन्ध्र सय मिटर र चार सय मिटर दौड सम्पन्न भएको छ । छात्र–छात्रा भलिबल प्रतियोगिता शुरु भएको छ ।

Related News

म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
  • २०८० पुष ३, मंगलवार ०४:५१

नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...

जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
  • २०८० पुष ३, मंगलवार ०४:५१

बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...

जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
  • २०८० पुष ३, मंगलवार ०४:५१

नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...

TOP