पर्वतको जलजला गाउँपालिकाले किसानलाई प्याजका बेर्ना वितरण गर्न थालेको छ । जलजवासीहरुलाई प्याजमा आत्मनिर्भर बनाउन पालिकाले टोल विकास संस्था मार्फत प्याजका बेर्ना उत्पादन गरी वितरण थालेको हो ।
पालिका भित्र गठन भएका एकसय १४ टोल विकास संस्थाहरुले यतिखेर प्याजका बेर्ना तयार पारी वितरण थालेका छन् । जलजामा रहेका करिब ३४ सय घरपरिवारलाई प्रतिपरिवार पाँचसयका दरले प्याजका बेर्ना वितरण थालिएको पालिकाको कृषि शाखाले जनाएको छ ।
बजारमा प्याजको मुल्यमा निरन्तर वृद्धि भएका कारण किसानको भान्सा महंगो पर्दै गएकाले किसानले आफुलाई आवश्यक पर्ने प्याज आफै उत्पादन गर्नसकुन भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख राजु गौतमले बताउनुभयो ।
प्याजको बेर्ना तयार पार्न प्रत्येक टोल विकास संस्थाहरुलाई प्याजको बिउ,नर्सरी प्लाष्टिक,हजारी, विषादी र तालिम निशुल्क रुपमा उपलब्ध गराएको उहाँले बताउनुभयो । टोल विकास संस्थामा आवद्ध करिब तीन हजार चारसय घरधुरीलाई गरी करिब १८ लाख प्याजका बेर्ना वितरण थालिएको जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘जलजला कृषि उत्पादनमा राम्रो संभावना भएको पालिका भएकाले कृषि उपजमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।’’ जलजलावासीहरुलाई कृषि बालीमा आत्मनिर्भर बनाउन पालिकाले कृषि क्षेत्रमा लगानी बढाउन थालेको उहाँको भनाई छ ।
म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...
धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...
म्याग्दी, २८ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको...