२०८३ असार २६
July 10, 2026, Friday

जलजलालाई प्याजमा आत्मनिर्भर बनाउन बेर्ना वितरण सुरु

पर्वतको जलजला गाउँपालिकाले किसानलाई प्याजका बेर्ना वितरण गर्न थालेको छ । जलजवासीहरुलाई प्याजमा आत्मनिर्भर बनाउन पालिकाले टोल विकास संस्था मार्फत प्याजका बेर्ना उत्पादन गरी वितरण थालेको हो ।
पालिका भित्र गठन भएका एकसय १४ टोल विकास संस्थाहरुले यतिखेर प्याजका बेर्ना तयार पारी वितरण थालेका छन् । जलजामा रहेका करिब ३४ सय घरपरिवारलाई प्रतिपरिवार पाँचसयका दरले प्याजका बेर्ना वितरण थालिएको पालिकाको कृषि शाखाले जनाएको छ ।

बजारमा प्याजको मुल्यमा निरन्तर वृद्धि भएका कारण किसानको भान्सा महंगो पर्दै गएकाले किसानले आफुलाई आवश्यक पर्ने प्याज आफै उत्पादन गर्नसकुन भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख राजु गौतमले बताउनुभयो ।

प्याजको बेर्ना तयार पार्न प्रत्येक टोल विकास संस्थाहरुलाई प्याजको बिउ,नर्सरी प्लाष्टिक,हजारी, विषादी र तालिम निशुल्क रुपमा उपलब्ध गराएको उहाँले बताउनुभयो । टोल विकास संस्थामा आवद्ध करिब तीन हजार चारसय घरधुरीलाई गरी करिब १८ लाख प्याजका बेर्ना वितरण थालिएको जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘जलजला कृषि उत्पादनमा राम्रो संभावना भएको पालिका भएकाले कृषि उपजमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।’’ जलजलावासीहरुलाई कृषि बालीमा आत्मनिर्भर बनाउन पालिकाले कृषि क्षेत्रमा लगानी बढाउन थालेको उहाँको भनाई छ ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP