२०८१ मंसिर २३
December 8, 2024, Sunday

धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधी हेम माविलाई  

धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुुद प्रतियोगिताको उपाधी हेम मावि शिवाङले जितेको छ ।

Advertisement

शिवाङमा बुुधबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ वटा कास्य पदक सहित हेम मावि लगातार दोस्रो पटक बिजयी भएको हो । ७ स्वर्ण, ६ रजत र ५ कास्य पदक सहित ताकम मावि उपबिजेता बनेको छ ।

४ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको धनजनता मावि फलियागाउँ तेस्रो भएको छ । धनजनता मावि पहिलो र दोस्रो प्रतियोगिताको बिजेता हो । छात्र भलिबलतर्फ वुुद्धिविकास मावि प्रथम र धनजनता मावि दितृय भएका छन् ।

छात्रा भलिबलमा जनजागृति मावि मल्कवाङ बिजेता र हेम मावि उपबिजेता भएका धवलागिरी गाउँपालिकाको शिक्षा शाखाका प्राबिधिक सहायक ख्यामराज सुुवेदीले बताउनुुभयो । छात्रतर्फ धनजनता माविका सलन पुुर्जा र छात्रातर्फ जनजागृतिकी अन्जना छन्त्याल उत्कृष्ट खेलाडी भए ।

एथलेटिक्स तर्फ हेम माविले ११ स्वर्ण, पाँच रजत र ३ कास्य  गरि १९ पदक जितेको थियो । ताकम माविले एथलेटिक्समा ७ स्वर्ण, ६ रजत र ५ कास्य सहित १८ पदक जितेर दोस्रो भयो । तितृय भएको धनजनता माविले एथलेटिक्सतर्फ ४ स्वर्ण, ४ रजत र ६ कास्य सहित १४ पदक जित्यो ।

तीन दिनसम्म सञ्चालन भएकोे प्रतियोगितामा एघार वटा विद्यालयले सहभागिता जनाएका थिए । भलिबल र एथलेटिक्स बिधाका वटा खेलमा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो । बिजेता विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित रु. साठी हजार नगद पुरस्कार प्रदान गरिएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुुनमगरले बताउनुुभयो । दृृतीयले रु. चालीस हजार र तृतीयले रु. तीस हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

छात्र र छात्रा भलिबलमा बिजयी रु. ५÷५ हजार र मार्च पासमा उत्कृष्ट भएको जनकल्याण मावि गुुर्जाले रु. दश हजार नगद पुरस्कार प्राप्त गरेका छन् । सबै बिधामा स्वर्ण पदक जितेका खेलाडीहरुलाई नगद रु. एक÷एक हजार पुुरस्कार प्रदान गरिएको गाउँपालिकाका लेखा शाखा प्रमुुख तिलक शंकर पौडेलले बताउनुुभयो । यसअघिको जिल्ला स्तरीय छनौट खेलमा पदक बिजेता खेलाडीहरुलाई नगद रु. २ हजारका दरले पुरस्कृत र दोसल्लो ओढाएर सम्मान गरिएको छ ।  

सहभागी विद्यालयलाई सहभागी खेल र संख्याका आधारमा यातायात र सुविधा उपलब्ध गराइएको छ । गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जाली, गाउँपालिका उपाध्यक्ष पुुन, वडा अध्यक्षहरु भmकबहादुुर छन्त्याल, देवेन्द्र रोका, राजाराम सुुवेदी, अमर छन्त्याल र अशोक खत्री, कार्यपालिका सदस्य नरकुुमारी बुुढाथोकी, डिलकुुमारी बिक लगायतले पुुरस्कार वितरण गर्नुुभएको थियो । 

Related News

लोकदीप सहकारीको ११औं वार्षिक साधारणसभा, डिजिटल भुक्तानी र सहकारी शिक्षालाई प्राथमिकता
लोकदीप सहकारीको ११औं वार्षिक साधारणसभा, डिजिटल भुक्तानी र सहकारी शिक्षालाई प्राथमिकता
  • २०८० पुष ५, बिहीबार ०२:५१

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वि.सं....

बेनी बचत तथा ऋण सहकारीको २३औं वार्षिक साधारणसभा
बेनी बचत तथा ऋण सहकारीको २३औं वार्षिक साधारणसभा
  • २०८० पुष ५, बिहीबार ०२:५१

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५८...

माउण्ट एभरेष्टलाई म्याग्दी जेसीज कपको उपाधी
माउण्ट एभरेष्टलाई म्याग्दी जेसीज कपको उपाधी
  • २०८० पुष ५, बिहीबार ०२:५१

२२ औं अन्तरमावि म्याग्दी जेसीज कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि च्याम्पियन बनेको छ । शनिबार सदरमुकाम खुल्लामञ्चमा सम्पन्न...

TOP