२०८३ असार २६
July 10, 2026, Friday

मुुना जोड्ने सडक कालोपत्र गर्छौ– मन्त्री जुुग्जाली

शिवाङ, ४ पुुष ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुुना जोड्ने सडक कालोपत्र गर्ने तयारी भएको बताउनुु भएको छ ।

धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुुद प्रतियोगिताको शिवाङमा समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री जुुग्जालीले दरवाङ–ताकम–मुुना जोड्ने सडक कालोपत्र गर्ने योजना यसै वर्ष शुुरु हुुने जानकारी दिनुुभयो ।

“दरवाङ देखि धारापानी सम्मको सडक स्तरोन्नतिको अन्तिम चरणमा छ । धारापानी देखि ताकम हुुदै शिवाङ सम्मको सडक कालोपत्र गर्न यसै वर्ष बहुुबर्षीय ठेक्का लगाउन रु. २५ करोड बजेटको स्रोत सुनिश्चितता भएको छ,” उहाँले भन्नुुभयो “शिवाङ देखि मच्छिम हुुदै मुुना सम्मको सडक कालोपत्र गर्न अर्को प्याकेजको आयोजना शुुरु गर्छौ । मुुना मरेनी हुुदै ढोरपाटन जोड्ने सडकलाई ब्यवस्थित बनाउन पहल गरेका छौ ।”

बेनी देखि दरवाङ–मुुना–जलजला–ढोरपाटन हुुदै पुुर्वी रुकुम जोड्ने सडक मध्य पहाडी लोकमार्गको बाग्लुुङ खण्ड भन्दा ६५ किलोमिटर छोटो हुुने भएकाले वैकल्पिक सडक बनाउन पहल गरिएको मन्त्री जुुग्जालीले बताउनुुभयो ।

धवलागिरी गाउँपालिकाको वडा नम्बर १ गुुर्जालाई सडक सञ्जालमा जोड्ने संघीय, प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा रु. छ करोडको आयोजनाको ठेक्का आव्हान भइसकेको जानकारी दिनुुभयो । लमसुङ स्थित दरखोलामा मोटरेबल पुल बनाउन रु. एक करोड पचास लाख बिनियोजन भएको र यसै बर्ष ठेक्का लाग्ने बताउनुभयो ।

जलविद्युुत आयोजनालाई निर्माण सम्पन्न, धौलागिरि र गुुर्जा हिमाललाई पर्यटकीय गन्तब्यको रुपमा विकास गरेर धवलागिरी गाउँपालिकालाई सम्बृद्ध बनाउन सकिने मन्त्री जुुग्जालीले बताउनुुभयो ।

ऐतिहाँसिक ताकमकोटलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गराउन र हेम नमुुना आवासीय माविलाई थप व्यवस्थित बनाउन प्राथमिकता दिने उहाँले प्रतिवद्धता जनाउनुुभयो । संघीयताका कारण म्याग्दी जस्तो विकट र दुुर्गम जिल्ला तथा भूूगोलमा विकास तथा सेवामा पहुुँच बढेको मन्त्री जुुग्जालीले बताउनुुभयो । अहिलेको व्यवस्थालाई सवलीकरण र सुुधार गर्नुुको विकल्प नभएको उहाँको भनाई थियो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP