२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

नेपाली कांग्रेस म्याग्दीबाट राष्ट्रिय सभाका लागि ३ जनाको नाम पठाइयो

नेपाली कांग्रेस म्याग्दीले राष्ट्रिय सभाका लागि म्याग्दीबाट ३ जनाको नाम पठाएको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले अन्यबाट माधबप्रसाद रेग्मी, अपाङ्क तर्फबाट सुरेन्द्र खत्री, महिलाबाट बिना खड्काको नाम केन्द्रमा पठाएको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत बहादुर रकालले जानकारी दिनुभयो ।

म्याग्दीबाट पठाइएको नाममा प्रदेश तथा केन्द्रीय समितिमा समेत उम्मेदवार बनाउन समेत आवश्यक दवाव समेत दिने कांग्रेसले जनाएको छ । पार्टीलाई जटिल समयमा पनि सक्रिय भएर र लामो राजनीतिक जीवन बिताएका रेग्मी र खड्काका साथै अपाङ्ताको क्षेत्रमा खत्रीको समेत योगदान रहेकाले राष्ट्रिय सभा सदस्यका लागि योग्य रहेको कांग्रेसले जनाएको छ । कार्यसम्पादन समितिमा कार्यबाहक सभापति हरिकुमार श्रेष्ठ,उपसभापति केबी भण्डारी, पूर्व सभापति रेशम बानियाँ, सचिव भरत रकालकोषाध्यक्ष अमृतमान शेरचन, सदस्य लिला बानियाँ लगायतको उपस्थिीति रहेको थियो ।

Advertisement

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० पुष ९, सोमबार १५:१२

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० पुष ९, सोमबार १५:१२

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० पुष ९, सोमबार १५:१२

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP