साधन राम्जाली। म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोट घर भई हाल युके निवासी घनमाया पुन मगरले आफ्नो ८४ औं जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । ८४ औं जन्मदिनको अवसरमा घनमायाले मङ्गलबार सोही वडा स्थित सिद्धार्थ माविलाई एक लाख रुपैयाँ,उहाँका स्वर्गीय श्रीमान टेकबहादुर पुनको स्मृतिमा एक लाख र स्वर्गीय छोरी चित्रा घर्ती मगरको स्मृतिमा पचास हजार रुपैयाँ गरी दुई लाख पचास हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
सोही अवसरमा माइला छोरा टार्जन पुनले पचास हजार,कान्छा छोरा दुर्गा पुनले ५० हजार र रुपि पुन दुराले पचास हजार रुपैयाँ सहयोग गर्नुभएको छ । सो रकम घनमाया पुन र उहाँका परिवारले वडा अध्यक्ष भेजेन्द्रमान पुन,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन,विद्यालयका प्रअ ललितबहादुर घर्ती मगर ,अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुन मगर लगायतलाई विद्यालयमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गर्नुभयो । जेठा छोरा÷बुहारी दलमान पुन र माया पुनले गत वर्ष पचास हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । भने उहाँका भान्जा खिमबहादुर बुढाले दश हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।
सो रकम विद्यालयमा स्थापित सिद्धार्थ अक्षयकोषमा जम्मा गरिने विद्यालयका प्रअ घर्ती मगरले बताउनुभयो । वडा अध्यक्ष पुन मगरले सहयोग प्रति धन्यवाद व्यक्त गर्नुहुँदै ८४ औं जन्मोत्सवमा विद्यालयलाई आर्थिक सहयोग गरेर उदाहरणीय काम गरेको बताउनुभयो । ८४ औं जन्मोत्सवमा उपस्थित सबैलाई भोजन गराइएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुनले विद्यालय सञ्चालनको लागि देशविदेशमा रहेका च्युरीबोटबासीहरुले ठुलो आर्थिक सहयोग गरेको बताउनुभयो । उहाँले विद्यालयमा आवश्यक पुर्वाधार निर्माणको क्रम जारी रहेपनि त्यो प्रयाप्त नभएको बताउनुभयो । उहाँले देशविदेशमा रहेका च्युरीबोटबासी लगायत विद्यालयका भुपु विद्यार्थीबाट अक्षयकोषका लागि सहयोगको अपेक्षा गर्नुभयो ।
साथै सोही अवसरमा विद्यालय ,च्युरीबोट ख्याली सोरठी ,स्थानीय आमा समुह,क्लब लगायत सङ्घ संस्थाहरुले घनमाया र उहाँका परिवारलाई सम्मान गरेका थिए । वि.सं.२०५५ सालमा स्थापित अक्षयकोषको रकमबाट विद्यालयमा अध्यापनरत निजी स्रोतका शिक्षकहरुलाई तलब ,गरिब,जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि खर्च गरिँदै आएको प्रअ घर्ती मगरको भनाइ छ । कक्षा दश सम्म पढाई हुने विद्यालयमा १२७ जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयका शिक्षक छकप्रसाद घर्ती मगरका अनुसार अक्षयकोषमा देशविदेशमा रहेका च्युरीबोटबासीबाट अहिलेसम्म २४ लाख १४ हजार ६४३ रुपैयाँ संकलन भएको छ । सोही अवसरमा गत वर्षको एसईई परिक्षामा विद्यालयबाट सहभागी भई मालिका गाउँपालिका भित्रका सामुदायिक विद्यालय मध्ये उत्कृष्ट अंक ल्याउने विद्यार्थी बोमबहादुर रोकालाई विद्यालयले नगद सहित पुरस्कृत गरेको छ । कार्यक्रममा अक्षयकोषका सचिव तथा घनमायाका जेठा छोरा दलमाल पुन मगर,अक्षयकोष अध्यक्ष पुन लगायतले बोल्नुभएको थियो । शिक्षक छकप्रसाद पुनले संचालन ,प्रअ घर्ती मगरले स्वागत गर्नुभएको कार्यक्रमको समापन विव्यस अध्यक्ष तमबहादुर पुनले समापन गर्नुभएको थियो । प्रवासमा रहेका च्युरीबोटबासीले विद्यालय,सामाजिक क्षेत्र लगायतमा सहयोग गर्दै आइरहेका छन् ।
म्याग्दीमा जंगली घाँस खादा पखलाका कारण ४८ वटा भेडाबाख्रा मरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको चौर गाउँमा पखलाका कारण...
पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको बेनी नगरपालिका–४ तातोपानीको फापरखेत पहिरोबाट ट्रक म्याग्दी नदीमा खस्दाचालक घाईते भएका छन् ।...
राष्ट्रिय प्रजातन्त्र पाटी म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा बिरबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीबजारमा सम्पन्न...