२०८३ आश्विन १
September 17, 2026, Thursday

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

बेनी, १५ पुस : बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गर्नुभएको थियो । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ बर्षअघि आफ्नो तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैचा स्थापना गर्नुभएको थियो । घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत पनि नभएकाले हुमेनले गरगहना बेचेर दैनिक ज्यालादारीमा मजदुर परिचालन गरेर खेतमा खाडल खन्ने र सुन्तला लगाउने काम गरेको बताउनुभयो ।

Advertisement

सुन बचेर सुन्तला खेती गर्नुभएकी ६८ बर्षिय हुमेनको परिवारको जीवनस्तर अहिले सुन्तला खेतीबाटै फेरिएको छ । ‘‘सुन बेचेर सुन्तला लगाएको थिए, सुन्तलाले सुनै फलाए जस्तो भयो मलाई, सुन्तलाकै आम्दानीले बेचेको सुन पनि फर्काए, यसैको आम्दानीबाट घरखर्च सहजै चलेको छ’’–हुमेनले भन्नुभयो । अहिले सबै परिवारको मुख्य आम्दानीको स्रोत सुन्तला खेती रहेको उहाँको भनाई छ । कान्छो छोरा संगै बसोबास गर्दै आउनुभएका हुमेन र उहाँका दुई छोराहरुको सुन्तला बगैचामा अहिले करिब ४०० बढी बोट रहेका छन् ।


हरेक बर्ष रु ८ देखि १० लाखसम्म सुन्तला विक्रि हुने गरेको हुमेन परिवारको भनाई छ । ‘‘ खेतमा धान राम्रो फल्ने थिएन, नाताले भज्जो मेरै छिमेकी तिलक गुरुङले सुन्तला लगाउन सल्लाह दिएका थिए, उनले पनि खेतवारीमा सुन्तला खेती लगाएको देखेर, मैले पनि लगाएको हुँ, पछि गाउँभरी नै सुन्तला खेती विस्तार भयो, अहिले हाम्रो गाउँ बास्कुनाबाट सुनकुना भएको छ भन्दा हुन्छ’’–उहाँले थप्नुभयो । यहाँ रहेका बास्कुना, सुर्केमेला र थामडाडाका चालीस घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन् ।


हरेक घरमा व्यवसायिक सुन्तला खेतीको लहर चलेको छ । दुई बर्षअघि बालमखोला सिचाई आयोजना निर्माण भएपछि सिंचाई सुविधा पुगेपछि सुन्तला खेती थप फस्टाउँदै गएको स्थानीयबासी बताउँछन् । यहाँ उत्पादन भएको सुन्तला बगैचाबाटै नै विक्रि हुने गरेको छ । पोखरा र काठमाण्डौको व्यवसायीहरु यहाँका सुन्तला बगैचामै पुगेर सुन्तला खरिद गर्छन् । सुन्तला फल्न थालेको सुरुवाती चरणमा पोखरा र काठमाण्डौ सम्म आफैले सुन्तला ढुवानी गरेर विक्रि गर्नुपरेपनि पछिल्लो समय भने व्यवसायिहरु बगैँचामै आएर सुन्तला खरिद गर्न थालेपछि सहज भएको स्थानीय अगुवा सुन्तला खेती गर्ने कृषक दलबहादुर कार्कीले बताउनुभयो ।


‘‘सुन्तला नपाक्दै पेश्की रकम लिएर व्यवसायि गाउँमा आउँछन, यहाँका अधिकाँश बगैँचा ठेकेदारहरुले पेश्की लगाएका छन्, जति उत्पादन भएपनि बजारको अभाब छैन’’–उहाँले भन्नुभयो । यो बर्ष सुन्तलाको उत्पादन घटेपनि फलको गुणस्तर राम्रो भएकाले विगतको तुलनामा केहि रकम बढी मुल्य कृषकहरुले हात पारेका छन् । गत बर्ष प्रतिकिलो रु ७२ रुपैयाँमा सुन्तला विक्रि गरेकोमा यो बर्ष प्रतिकिलो रु ८० मुल्य पाएको कृषक कार्कीले जानकारी दिनुभयो । बास्कुनामा यस बर्ष सुन्तलाको न्युनतम मूल्य निर्धारण गरेर सुन्तला विक्रि गर्न थालिएको छ ।

मूल्यमा एकरुपता कायम गर्न, कृषकको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि र कृषक समुहले मूल्य निर्धारण गरेको कृषक समेत रहनुभएका बेनी नगरपालिका–४ का वडा सदस्य सन्दिप खत्रीले जानकारी दिनुभयो । बास्कुना, सुर्केमेला र थामडाडाका चालीस घरधुरीले गत वर्ष रु. एक करोड मूल्य बराबरको सुन्तला निकासी गरेकोमा यस बर्ष फल कम लागेकाले रु. ७५ देखि ८० लाख बराबरको सुन्तला निकासी हुने अनुमान गरिएको वडा सदस्य खत्रीले बताउनुभयो ।

यहाँ सुन्तला बिक्री गरेर एक जना कृषकले रु. एक लाख देखि दश लाख सम्म आम्दानी गर्छन् । परम्परागत रुपमा धान, कोदो, मकै र गहुँ खेती गर्दै आएका यहाँका स्थानीयले नगदेबालीको रुपमा सुन्तला खेतीलाई विस्तार गरेका छन् । सुन्तला खेतीबाटै यहाँका स्थानीयको आयआर्जनमा बृद्धि र जीवनस्तरमा समेत सुधार भएको छ ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP