२०८२ चैत्र २९
April 12, 2026, Sunday

काठमाडौ, पोखरामा होइन् म्याग्दीको दुर्गम गुर्जाबासीको आँखाले हेर्दा संघीयता वरदान हो –मन्त्री जुग्जाली

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन संघीय व्यवस्था वरदान सावित भएको बताउनु भएको छ ।

Advertisement

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको कैलाशफाँटमा आइतबार देखि शुरु भएको पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै मन्त्री जुग्जालीले प्रदेश सरकार र स्थानीय तह स्थापना भएपछि पछाडी परेको ठाउँमा विकासका पूर्वाधार निर्माणले गति लिएको बताउनुभयो ।

Advertisement

“संघीयता र गणतन्त्रको विषयमा टिप्पणी गर्ने युवा पुस्तालाई राजा र पञ्चायतको समयमा कस्तो थियो भनेर बुवा–आमा, हजुरबुवा–हजुरआमाहरुलाई सोध्नुहुन अनुरोध छ,” उहाँले भन्नुभयो “काठमाडौ, पोखरामा बसेर होइन म्याग्दीको दुर्गम गुर्जाको आँखाले हेर्दा संघीयता वरदान हो ।”

गण्डकी प्रदेश सरकारले छ वर्षको अवधिमा एक हजार तीन सय किलोमिटर सडक स्तरोन्नति र ८१ वटा मोटरेबल पुल निर्माण गरेको उहाँले जानकारी दिनुभयो । हाल पाँच जना जनप्रतिनिधि रहेको तत्कालीन एउटा गाविसका ९ वटा वडामा ४७ जना जनप्रतिनिधि भएको बिर्सिएर संघीयताको बिरोध र महँगो भयो भन्ने टिप्पणी गर्नु गलत भएको मन्त्री जुग्जालीको भनाई थियो ।

“यो व्यवस्थामा जनताले आफुलाई मन परेको व्यक्तिलाई जनप्रतिनिधिको रुपमा चुन्ने अधिकार छ । मन नपरे बिरोध गर्न, बोल्न यही व्यवस्थाले दिएको छ,” उहाँले भन्नुभयो “हिजो प्रधानपञ्चले जे बोल्यो त्यो कानुन हुन्थ्यो । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा शिर निहुराउदै गएको बिर्सनु भएन् ।”

मन्त्री जुग्जालीले पञ्चायत र राजाका पालामा हालिमुहाली गरेकाहरुले अहिलेको व्यवस्थाको विरुद्धमा भ्रम फैलाएको टिप्पणी गर्दै जनताको अवस्था सुधार गर्न कार्यशैली सुधार र परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

म्याग्दीको पूर्वाधार लगायत समग्र विकासका लागि भित्रिएका योजना र कार्यक्रम समयमै प्रभावकारी रुपमा कार्यान्वयन गर्ने वातावरण बनाउन जनप्रतिनिधि, सरोकारवाला र समुदायलाई आग्रह गर्नुभयो ।

मंगला गाउँपालकाका अध्यक्ष सतप्रसाद रोका र वडा नम्बर ५ का अध्यक्ष भुपेन्द्र खत्रीले प्रतियोगिता सञ्चालन भएको कैलाशफाँट खेलमैदानको स्तरोन्नति र म्याग्दी नदीको कटान नियन्त्रणका लागि मन्त्री जुग्जालीको ध्यानाकर्षण गराउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपियाँ, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दोस्रो र तेस्रो हुनेलाई क्रमशः  ३० हजार र २० हजार रुपियाँ पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो । छात्र र छात्रा भलिबल, कबड्डी र एथलेटिक्स विधामा प्रतिस्पर्धा गराइने उहाँले जानकारी दिनुभयो ।

Related News

टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
  • २०८० पुष १५, आईतवार १४:२५

Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...

वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
  • २०८० पुष १५, आईतवार १४:२५

वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...

जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
  • २०८० पुष १५, आईतवार १४:२५

 म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली...

TOP