२०८३ जेष्ठ १२
May 26, 2026, Tuesday

मालिकामा थप ३ करोड तीस लाख रुपैयाँ बजेट विनियोजन

म्याग्दीको मालिका गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशन सम्पन्न भएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर ६ छ्यारछ्यारे स्थित सभाहलमा सम्पन्न अधिवेशनले थप तीन करोड ३० लाख रपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्ष सञ्चित कोषमा बाँकी रहेको तीन करोड तीस लाख रुपैयाँ विभिन्न योजना तथा कार्यक्रमका शिर्षकमा विनियोजन गरिएको हो ।

Advertisement

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षतामा सम्पन्न अधिवेशनले गाउँपालिकाबाट सञ्चालित तीन वटा पुर्वाधार निर्माणयोजनाको लागि १२ लाख ३३ हजार रुपैयाँ,गत आर्थिक वर्षमा सञ्चालित क्रमागत ६ वटा ठेक्काका आयोजनालाई दुई करोड ९३ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

Advertisement

यसैगरी शिक्षातर्फ विभिन्न कार्यक्रम सञ्चालनका लागि १५ लाख रुपैयाँ ८५ हजार ,नेपाल रेडक्रस सोसाइटी दरबाङ शाखालाई पाँच लाख रुपैयाँ ,सुरक्षित आप्रवासी स्रोत केन्द्रलाई दुई लाख पाँच हजार,न्यायीक समिति सञ्चालनको लागि एक लाख आठ हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिनुभयो । अधिवेशनले गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले सभामा प्रस्तुत गर्नुभएको आर्थिक प्रगति प्रतिवेदन पारित गरेको छ । अधिवेशनमा वार्षिक कार्यक्रमको समिक्षा , गाउँपालिकाको १३ औैं गाउँसभाबाट स्वीकृत वार्षिक योजना तथा कार्यक्रममा संशोधन गरिएको छ ।

चालु आर्थिक वर्षको कुल स्वीकृत बजेट ४५ करोड ८१ लाख ४४ हजार रुपैयाँ मध्ये हालसम्म १६ करोड तीस लाख ९ हजार ६४१ रुपैयाँ निकासा भएको छ । हालसम्म आठ करोड ११ लाख ५८ हजार ६८३ रुपैयाँ खर्च भएको छ । यो कुल स्वीकृत बजेटको १७ दशमलव ७१ प्रतिशत रहेको छ । चालुतर्फ सात करोड २१ लाख ८ हजार ५८३ रुपैयाँ र पुँजीगततर्फ ९० लाख ५० हजार रुपैयाँ खर्च भएको छ । गाउँपालिकाभित्र सञ्चालित विभिन्न क्षेत्रका पुर्वाधार निर्माण ,अधुरा रहेका योजनालाई पुर्णता दिन र विभिन्न कार्यक्रमलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गरिको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० पुष १८, बुधबार १४:४०

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० पुष १८, बुधबार १४:४०

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० पुष १८, बुधबार १४:४०

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP