२०८२ चैत्र ३०
April 13, 2026, Monday

गणतन्त्रको विकल्प होइन, सुधार गर्ने सुझाव दिनुस्– मन्त्री जुग्जाली

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले संघीय गणतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताउनु भएको छ ।

Advertisement

बेनीमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको २२ औ क्याम्पससभा तथा ३३ औ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री जुग्जालीले गणतन्त्र र संघीय व्यवस्थाप्रति एकाथरीले बुझ्दै नबुझी र अर्काथरीले बुझेर भ्रम फैलाएका बताउनुभयो ।

Advertisement

“जनतामा भ्रम फिजाएर निराश र महत्वकाक्षी बनाउनुहुदैन् । राणा, पञ्चायत र राजाको शासनमा नागरिकको अवस्था कस्तो थियो भनेर नयाँ पुस्ताले अध्ययन गर्नुपर्छ,” उहाँले भन्नुभयो “गणतन्त्रको विकल्प होइन, सुधार गर्न सुझाव दिनुस् ।” अफ्रिकामा संघीयताको ३० वर्षसम्म कार्यान्वयनकै चरणमा रहेको बताउदै नेपालमा संघीय व्यवस्था लागू भएको ६ वर्षमै नकारात्मक भ्रम फैलाइएको बताउनुभयो ।

अहिलेकै व्यवस्थामा जनताको अवस्था परिवर्तन गर्न नेता र कर्मचारीले लोभ र डरबाट मुक्त भएर कार्यशैली सुधार गर्नुपर्ने मन्त्री जुग्जालीले बताउनुभयो । छिटो धनी बन्ने र अरको देखासिकी गर्ने प्रवृतिका कारण युवामा पलाएको महत्वाकाक्षाले समाजमा भ्रष्ट्राचार बढाएको उहाँले बताउनुभयो ।

सरकारले थालेको संस्थागत भ्रष्ट्राचार नियन्त्रणको प्रयास स्वरुप आयल निगम, बायु सेवा निगम, साझा प्रकाशनले नाफा कमाउन थालेका बताउनुभयो । विदेशमा सहजै पैसा कमाउन सकिन्छ भन्ने सोचाई त्याग्न, अवसरको खोजी र संघर्षबाट पछि नहट्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

संघीय व्यवस्थासँगै दुर्गम र विकट क्षेत्रका नागरिकको विकासमा पहुँच बढेको बताउनुभयो । पहुँच नभएका ठाउँका बासिन्दाका लागि संघीयता वरदान भएको उहाँको भनाई थियो । “भौतिक मन्त्रालयले गण्डकीमा स्थापनाको ६ वर्षको अवधिमा ५९९ किलोमिटर सडक ग्राभेल, ६६८ किलोमिटर सडक कालोपत्र, ८१ वटा मोटरेबल र ६३ वटा झोलुङ्गे पुल बनाएको छ,” उहाँले भन्नुभयो “नागरिकको विकास प्रतिको तिब्र इच्छा पुर्ति गर्न संघीय व्यवस्थानै उत्तम हो ।”

गण्डकी प्रदेशले अघि सारेका ‘एक घर, एक धारा’, ‘उज्यालो प्रदेश’ लगायतका कार्यक्रम सम्पन्न हुने चरणमा रहेका र ती योजनालाई संघीय सरकारले समेत अनुशरण गरेको मन्त्री जुग्जालीले बताउनुभयो । खोलानै नभएको ठाउँमा पुल र घरजग्गा ब्यापारीको योजनामा सडक बनाउने विकृत कार्यको अन्य गरेको उहाँले बताउनुभयो ।

म्याग्दी जिल्लामा यस वर्ष छ वटा सडक आयोजनाको रु. एक अर्ब पचास करोड बजेट बराबरको बहुबर्षिय ठेक्का लाग्ने चरणमा रहेको, दुई वटा पुल निर्माण शुरु भएको र थप दुई वटा पुलको ठेक्का लगाउने तयारी भएको मन्त्री जुग्जालीले जानकारी दिनुभयो । घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि पनि बहुबर्षीय ठेक्का लगाउन प्रदेश सरकारले छनौट गरेको उहाँले बताउनुभयो ।

Related News

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० पुष १८, बुधबार १५:०३

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० पुष १८, बुधबार १५:०३

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

मुस्ताङमा उत्तरपुस्तिका जाँच्न सकियो
मुस्ताङमा उत्तरपुस्तिका जाँच्न सकियो
  • २०८० पुष १८, बुधबार १५:०३

मुस्ताङमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तरपुस्तिकाको परीक्षण सकिएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ मुस्ताङले सबै विद्यालयमा पढाइ हुने...

TOP