Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

पुष २९ गतेदेखि माघे संक्रान्ति मेला हुने

म्याग्दीमा पुष २९ गतेदेखि माघे सक्रान्ति मेला आयोजना हुने भएको छ । जिल्लाको सदरमुकाम बेनीमा परम्परागत रुपमा हुँदै लगाउदै आएको माघे संक्रान्ति मेलाले यस बर्ष पनि यही पुष २९ गतेदेखि माघ २ गते सम्म संचालन हुने भएको हो । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा हुने माघे संक्रान्ति पर्वको रुपमा परम्परागत रुपमा बेनीमा आयोजना हुने मेलालाई जगेर्ना गर्र्दै कला, संस्कृति र परम्पराको संरक्षण तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्य सहित तीन दिने मेला आयोजना गरिएको महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

मेलाको तयारीको सन्दर्भमा जानकारी दिन विहिवार आयोजित पत्रकार सम्मेलनमा समितिका सभापति श्रेष्ठले उद्योग बाणिज्य संघ, जिल्लामा रहेका स्थानीय तह, सरकारी कार्यालय तथा विभिन्न संघ संस्थासंगको सहकार्यमा परम्परागत मेलालाई निरन्तरता दिन लागीएको बताउनुभयो । उहाँका अनुसार, मेलामा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकासंगको सहकार्यमा कृषि मेला पदर्शनी समेत गरिनेछ ।

Advertisement

मेलामा खुला नृत्य र आमाहरुको एकल लोकनृत्य प्रतियोगिता मुख्य आकर्षणको रुपमा समावेश गरिएको छ । खुला नृत्यमा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश नगद रु २० हजार, १० हजार र ५ हजार तथा आमाहरुको एकल लोकनृत्यमा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश नगद रु १० हजार, ६ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
अन्धनिसान र महिला पुरुषको लठो तान्ने र छेलो फाल्ने लगायतका प्रतियोगिता समेत मेलामा समावेश गरिएको महिला उद्यम विकास समितिका महासचिब प्रमिला श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, मेलामा जिल्लामा रहेका विभिन्न जातजाति , संघ संस्था र समूहको पहिचान झल्कने झाँकी पर्दशनी सहित स्थानीय र राष्ट्रिय कलाकारहरुको साँगेतिक प्रस्तुती समेत रहनेछ । मेलालाई सफल बताउन विभिन्न २२ वटा उपसमिति गठन गरेर तयारीलाई तिब्रता दिईएको महिला उद्यम विकास समितिले जनाएको छ ।

बेनीमा बर्षौदेखि सञ्चालन हुँदै आएको माघे संक्रान्ति मेलाको निरन्तरता संगै कला र संस्कृतिको संरक्षण र व्यापार व्ययवसाय संगै पर्यटन प्रवद्र्धनमा माघे संक्रान्ति मेलाले सहयोग पुग्ने म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । उहाँले मेला आयोजना हुने खुलामञ्चमा यस पटक म्याग्दीका व्यवसायि र उद्यमीहरुको मात्रै स्टल रहने समेत जानकारी दिनुभयो ।

परम्परागत रुपमा लाग्दै आएको मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि वि.स. २०५७ सालदेखि म्याग्दी उद्योग बाणिज्य संघले महोत्सव एवम् मेलाको रुपमा माघे संक्रान्ति मेलालाई निरन्तरता दिँदै आएको छ । बेनीमा हरेक तीन बर्षमा म्याग्दी उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव तथा अन्य बर्षहरुमा महिला उद्यम विकास समितिको आयोजनामा मेला एवम सडकखाना महोत्सव आयोजना हुँदै आएको छ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP