म्याग्दीमा नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बेनी स्थित खुलामञ्चमा सुरु भएको प्रतियोगितमा पालिकास्तरीय प्रतियोगिताहरुबाट छनौट भएर आएका खेलाहरुले सहभागीता जनाएका छन् ।
प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्दै जिल्लाबाट भलिबल, कराँते लगायतका विविध खेलमा राष्ट्रिय पहिचान बनाउन सफल खेलाडीहरु उत्पादन भएको स्मरण गर्दै उहाँले विद्यार्थीहरुले अध्ययन संगसंगै विद्यालय तहबाटै खेलकुद क्षमता र प्रतिभालाई समेत निखार ल्याउन आबश्यक रहेकोमा जोड दिनुभयो ।
प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटर दौड प्रतियोगितामा छात्रतर्फ मालिका गाउँपालिकाका विशाल सुनारले स्वर्ण, रघुगंगा गाउँपालिकाका सुझाब पुर्जाले रजत र बेनी नगरपालिकाका इश्वर न्यौपानेले कास्य पदक जितेका छन् । त्यसैगरि छात्रातर्फ रघुगंगाका कञ्चन भण्डारीले स्वर्ण, सोनिया खड्काले रजत र धौलागिरि गाउँपालिकाका अञ्जना विकले कास्य पदक जितेका छन् ।

कार्यक्रममा राष्ट्रिय महिला भलिबलका कम्टान अरुणा शाही र कराँतेमा अन्तराष्ट्रिय पदक बिजेता खेलाडी आर्सल गर्बुजालाई सम्मान समेत गरिएको थियो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, कराँते र एथ्लेटिक्समा विद्यातर्फ जिल्लाका ६ स्थानीय तहबाट व्यवस्थापकीय टिमसहित आठसय जना खेलाडीले सहभागि जनाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।
यस प्रतियोगितामा ६६ वटा स्वर्णमा प्रतिस्पर्धा गराईन्छ । आठौ राष्ट्रपतिकपमा प्रथम, द्वितिय र तृतिय हुने पालिकाले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । यहाँ स्वर्ण जित्ने खेलाडीलाई नवलपुरमा हुने नवौँ प्रदेशस्तरीय राष्ट्रपति खेलकुद प्रतियोगितामा सहभागि गराईने छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...