२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

क्यान्सर पीडित मनिषालाई ओमकुमारी शान्ति कोषको सहयोग

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले बेनी नगरपालिका वडा नम्वर १० पात्लेखेतकी क्यान्सर पिडित मनिषा पाईजा लाई आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष हरिकृष्ण गौतमको उपस्थितिमा क्यान्सर पिडितको मामा समिर रोका मगर लाई संस्थाका कोषाध्यक्ष सन्दिप खत्रीले पन्ध्र हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको संस्थाका कार्यालय प्रमुख डक बहादुर रोका मगरले जानकारी दिनुभयो ।

Advertisement

२० बर्षिया पईजाको राजीव गान्धी अस्पताल भारतको नया दिल्लीमा पाठेघर क्यान्सरको उपचार भईरहेको छ । मनीषाको उपचारको लागि करिव ३० लाख रुपैया भन्दा बदि खर्च लाग्ने अस्पतालले जनाएको छ ।

Advertisement

आर्थिक अभावकै कारण गरिब तथा विपन्न परिवारका विरामी उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्धेश्यले स्थापना भएको परोपकारी संस्थाले विभिन्न जटिल रोगले ग्रसित विरामीलाई आर्थिक सहयोग गर्दै आईरहेकोछ ।

मनिषाको उपचारका लागि देश तथा विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरिरहेका छन । सामाजिक संजालमा अभियाननै संचालन गरि आर्थिक सहयोग संकलन भैरहेको अभियान्ता समिर रोकाले बताउनुभयो । मनिषालाई आर्थिक सहयोग गर्नकालागि निम्न बमोजिम बैंक खातामा डिपोजिट गर्न सकिन्छ ।

Account Name :ManishaPaija

Account No. 01840033580

Laxmi Bank Ltd.

LagankhelLalitpur Nepal

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० पुष २०, शुक्रबार १२:२६

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० पुष २०, शुक्रबार १२:२६

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० पुष २०, शुक्रबार १२:२६

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP