२०८३ असार २
June 16, 2026, Tuesday

क्यान्सर पीडित मनिषालाई ओमकुमारी शान्ति कोषको सहयोग

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले बेनी नगरपालिका वडा नम्वर १० पात्लेखेतकी क्यान्सर पिडित मनिषा पाईजा लाई आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष हरिकृष्ण गौतमको उपस्थितिमा क्यान्सर पिडितको मामा समिर रोका मगर लाई संस्थाका कोषाध्यक्ष सन्दिप खत्रीले पन्ध्र हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको संस्थाका कार्यालय प्रमुख डक बहादुर रोका मगरले जानकारी दिनुभयो ।

Advertisement

२० बर्षिया पईजाको राजीव गान्धी अस्पताल भारतको नया दिल्लीमा पाठेघर क्यान्सरको उपचार भईरहेको छ । मनीषाको उपचारको लागि करिव ३० लाख रुपैया भन्दा बदि खर्च लाग्ने अस्पतालले जनाएको छ ।

Advertisement

आर्थिक अभावकै कारण गरिब तथा विपन्न परिवारका विरामी उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्धेश्यले स्थापना भएको परोपकारी संस्थाले विभिन्न जटिल रोगले ग्रसित विरामीलाई आर्थिक सहयोग गर्दै आईरहेकोछ ।

मनिषाको उपचारका लागि देश तथा विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरिरहेका छन । सामाजिक संजालमा अभियाननै संचालन गरि आर्थिक सहयोग संकलन भैरहेको अभियान्ता समिर रोकाले बताउनुभयो । मनिषालाई आर्थिक सहयोग गर्नकालागि निम्न बमोजिम बैंक खातामा डिपोजिट गर्न सकिन्छ ।

Account Name :ManishaPaija

Account No. 01840033580

Laxmi Bank Ltd.

LagankhelLalitpur Nepal

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP