२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

नवौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी बेनी नगरपालिकाले जित्यो

म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्लाका ६ वटा स्थानीय तहबाट छनौट भएर आएका खेलाडीहरुले सहभागीता जनाएको प्रतियोगितामा १५ स्वर्ण, १२ रजत र ४ कास्य पदक सहित बेनी नगरपालिकाले उपाधी हात पारेको हो ।

Advertisement

प्रतियोगितामा ९ स्वर्ण, ९ रजत र ५ कास्य पदक सहित रघुगंगा गाउँपालिका द्धितिय र ४ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित अन्नपूर्ण गाउँपालिका तृतीय हुन सफल भएका छन् । प्रतियोगितामा बिजेता बन्न सफल बेनी नगरपालिकालाई नगद रु २० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

Advertisement

त्यसैगरी द्वितिय भएको रघुगंगा र तृतीय भएको अन्नपूर्णलाई क्रमशः नगद रु १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिब दानबहादुर राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा भलिबलमा छात्रतर्फ बेनी नगरपालिका प्रथम र अन्नपूर्ण गाउँपालिका द्धितीय, छात्रा भलिबलमा अन्नपूर्ण गाउँपालिका प्रथम र बेनी नगरपालिका द्धितीय हुन सफल भएका थिए । त्यसैगरि कबड्डीको छात्रतर्फ बेनी नगरपालिका प्रथम र मालिका गाउँपालिका द्धितीय तथा छात्रातर्फ मालिका गाउँपालिका प्रथम र मंगला गाउँपालिका द्धितीय हुन सफल भएका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा, बेनी नगरपालिकाका मेयर सुरत केसी, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले पदक बिजेता र उपाधी बिजेता स्थानीय तह र विद्यार्थी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP