२०८३ असार २
June 16, 2026, Tuesday

महारानी बचत तथा ऋण सहकारीको अध्यक्षमा ललित जिसी

म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको महारानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ ।

Advertisement

अधिवेशनबाट पुनः ललित जिसीको अध्यक्षतामा सहकारीको सञ्चालन समिति गठन भएको छ । समितिको उपाध्यक्षमा नवराज पौडेल, सचिवमा सुमन श्रेष्ठ, सहसचिवमा घनश्याम पौडेल र कोषाध्यक्षमा हिक्मत शेरच नचयन हुनुभएको छ ।

Advertisement

सदस्यहरुमा महेन्द्र बानिया, भिमकुमारी पुन, राधिका सापकोटा, लाल बहादुर थापा, दुर्गाराम सुवेदी र एकिन्द्र बहादुर कटुवाल रहनुभएको छ । दुर्गा केसीको संयोजकत्वमा बिष्णुप्रसाद गौतम र तारादेवी छन्त्याल सदस्य रहेको लेखा समिति चयन भएको छ ।

साधारणसभाको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभएको थियो । उपप्रमुख लामिछानेले सहकारी संस्थाहरुले उद्देश्य अनुसार सेयर सदस्यहरुसँग मात्र कारोबार गर्न निर्देशन दिनुभयो । सहकारी संस्थाहरुलाई नियमन गर्न नगरपालिकाले निगरानी बढाएको उहाँले बताउनुभयो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP