२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

महारानी बचत तथा ऋण सहकारीको अध्यक्षमा ललित जिसी

म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको महारानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ ।

Advertisement

अधिवेशनबाट पुनः ललित जिसीको अध्यक्षतामा सहकारीको सञ्चालन समिति गठन भएको छ । समितिको उपाध्यक्षमा नवराज पौडेल, सचिवमा सुमन श्रेष्ठ, सहसचिवमा घनश्याम पौडेल र कोषाध्यक्षमा हिक्मत शेरच नचयन हुनुभएको छ ।

Advertisement

सदस्यहरुमा महेन्द्र बानिया, भिमकुमारी पुन, राधिका सापकोटा, लाल बहादुर थापा, दुर्गाराम सुवेदी र एकिन्द्र बहादुर कटुवाल रहनुभएको छ । दुर्गा केसीको संयोजकत्वमा बिष्णुप्रसाद गौतम र तारादेवी छन्त्याल सदस्य रहेको लेखा समिति चयन भएको छ ।

साधारणसभाको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभएको थियो । उपप्रमुख लामिछानेले सहकारी संस्थाहरुले उद्देश्य अनुसार सेयर सदस्यहरुसँग मात्र कारोबार गर्न निर्देशन दिनुभयो । सहकारी संस्थाहरुलाई नियमन गर्न नगरपालिकाले निगरानी बढाएको उहाँले बताउनुभयो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० पुष २८, शनिबार १६:४७

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० पुष २८, शनिबार १६:४७

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० पुष २८, शनिबार १६:४७

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP