२०८३ असार २
June 16, 2026, Tuesday

अन्नपूूर्णमा थप तीन करोड ८१ लाख बजेट बिनियोजन

म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाले चालुु आर्थिक वर्ष २०८०÷०८१ का लागि थप करिब रु। चार करोड बजेट बिनियोजन गरेको छ ।

Advertisement

गाँउपालिकाको केन्द्र पोखरेबगरमा शनिबार भएको १८ औ गाउँसभाले ७५ वटा योजनाका लागि रु। तीन करोड ८१ लाख बजेट बिनियोजन गरेको हो । गत असारको गाउँसभाले पारित गरेको कुल रु। ५३ करोड ५४ लाख ४३ हजार ६०० मा तीन करोड ८१ लाख समावेश गर्ने उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले गर्नुभएको प्रस्ताव सभाले पारित गरेको छ ।

Advertisement

यसैगरी रु। ८३ लाख बजेट बिनियोजन भएको ३० वटा योजनाको नाम संसोधन भएको छ । थप बजेटबाट अन्नपूर्ण आधार शिविरमा पूर्वाधार निर्माण सम्बन्धी योजनाका लागि प्राथमिकता दिएको गाँउपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । यो शिर्षकमा रु। पचास लाख बिनियोजन भएको छ ।

कृषि एम्बुलेन्स खरिद गर्न रु। १५ लाख, फोहोरमैला संकलन केन्द्र निर्माणका लागि रु। १५ लाख, खोपारामा पदमार्ग बनाउन रु। १६ लाख, प्रशासकीय भवनको जग्गा प्राप्तिका लागि थप रु। २० लाख, कोशेली घर व्यवस्थापन संकलन तथा बिक्री केन्द्रलाई रु। पाँच लाख, सुरक्षित मातृत्व आकस्मिक कोषमा रु। दुई लाख बिनियोजन भएको छ । राम्चेको वडा कार्यालय भवनलाई पूर्णता दिन रु। १५ लाख बिनियोजन भएको छ ।

सभामा प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले चालु आर्थिक वर्ष २०८०÷०८१ को छ महिनाको अवधिमा भएका गतिबिधिहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार कुल रु। ५३ करोड ५४ लाख ४३ हजार ६०० मध्य रु। नौ करोड ६८ लाख ७० हजार ९४५ अथवा १८।०९ प्रतिशत खर्च भएको छ ।
पुजिगत शिर्षकमा बिनियोजन भएको रु। १७ करोड ९९ लाख ९४ हजार मध्य ५।८८ प्रतिशत अथवा रु। एक लाख पाँच हजार ७७ हजार ६९२ खर्च भएको छ । ११५ वटा योजना मध्य हालसम्म ५७ वटाको सम्झौता, ६ वटा सम्पन्न र ५८ वटा योजना सम्झौता हुन बाँकी रहेका छन् । हालसम्म रु। एक करोड ४० लाख ६१ हजार ६१० राजस्व संकलन भएको छ ।

वडामै पुगेर योजना सम्झौता गरेको, प्रभा माविको भवन निर्माणको अन्तिम चरणमा रहेको, दुई वटा ठूला सडकको डिपिआर तयार पार्ने काम अन्तिम चरणमा पुगेको जानकारी गराइएको थियो । गाउँपालिकाको भवन निर्माणका लागि मापदण्ड अनुसारको जग्गा खोजीको क्रममा रहेको जनाइएको छ ।

सभामा लेखा समितिका संयोजक पुष्पा बानिया बरुवालले बेरुजु फस्यौट सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । सभामा पेश भएका ७ वटा विभिन्न प्रस्तावहरुमा सभाका सदस्यहरुबीच छलफल भएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP