२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

गाउँका विद्यालयको शैक्षिक गुणस्तरमा सबैले ध्यान दिनुपर्छ ः सांसद गर्बुजा

म्याग्दीका प्रतिनिधिसभा सदस्य खम बहादुर गर्बुजा (खम्बीर)ले ग्रामिण भेगका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै जानु चिन्ताको विषय भएकाले शैक्षिक सुधारमा सबैले ध्यानदिनुपर्ने बेला आएको बताउनुभएको छ ।

Advertisement

जिल्लाको रघुगंगा गाउँपालिका–५ झिँ मा रहेको महेन्द्र माविका ३३ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस र विविध खेलकुद कार्यक्रमको उद्घाटन गर्दै सांसद गर्बुजाले पढ्न सहर झर्ने अवस्थाको अन्त्य गर्न गाउँका विद्यालयले आधुनिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

Advertisement

‘गाउँमा चहलपहल बढाउन पढ्न बजार झर्ने विद्यार्थीलाई रोक्नुपर्छ, बेनीका सामुदायिक विद्यालयमा थामिनसक्नु विद्यार्थी गाउँबाटै गएर भएका हुन्’ सांसद गर्बुजाले भन्नुभयो । सांसद गर्बुजाले गाउँमा चहलपहल बढाउन शिक्षा, स्वास्थ्य र विकास निर्माणका क्षेत्रको पूर्वाधारमा समेत उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले अलपत्र बनेको बेनी–पात्लेखेत–झिँ–पाखापानी सडकको बहुबर्षीय ठेक्का लागेको बताउँदै अब पाखापानीसम्म कालोपत्रे सडक तीनबर्षभित्र पुग्ने बताउनुभयो । ‘हामीले चुनावमा गरेको प्रतिबद्धता पुरा गरेरै छोड्छौ, भौतिक पूर्वाधारमा तीनै तहले प्राथमिकताका आधारमा लगानी बढाउनुपर्छ’ सांसद गर्बुजाले भन्नुभयो ।

उहाँले निर्वाचनको समयमा चुनावी प्रतिबद्धता अनुसारका सबै काम आफ्नो कार्यकालमा पूरा गरेरै छोड्ने समेत प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य बिमला गौचनले शैक्षिक क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले पहिलो प्राथमिकता राखेको बताउदै ग्रामिण क्षेत्रमा शैक्षिक क्षेत्र संगै पर्यटन क्षेत्रको समेत विकास गर्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा कार्यक्रममा २०७९ सालको एसईई परिक्षामा पास हुने विद्यार्थीलाई सम्मान, विद्यालयको शैक्षिक सुधार गर्नका लागि अक्षयकोष स्थापना गर्ने सहयोगदातालाई सम्मान, आर्थिक सहयोगदातालाई सम्मान, विद्यालयमा अध्यापन गराएका पूर्व शिक्षकहरुलाई सम्मान र अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितका अध्यक्ष पदम बहादुर शेरपुजा अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको अबस्था र आर्थिक, शैक्षिक भौतिक प्रतिवेदन प्र.अ यामबहादुर शेरपुञ्जाले प्रस्तुत गर्नुभएको थियो । बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा भलिबल सहितका खेलकुद प्रतियोगिता समेत सञ्चालन गरिएको छ ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० माघ ४, बिहीबार १३:५७

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० माघ ४, बिहीबार १३:५७

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० माघ ४, बिहीबार १३:५७

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP