२०८३ असार ११
June 25, 2026, Thursday

गाउँका विद्यालयको शैक्षिक गुणस्तरमा सबैले ध्यान दिनुपर्छ ः सांसद गर्बुजा

म्याग्दीका प्रतिनिधिसभा सदस्य खम बहादुर गर्बुजा (खम्बीर)ले ग्रामिण भेगका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै जानु चिन्ताको विषय भएकाले शैक्षिक सुधारमा सबैले ध्यानदिनुपर्ने बेला आएको बताउनुभएको छ ।

Advertisement

जिल्लाको रघुगंगा गाउँपालिका–५ झिँ मा रहेको महेन्द्र माविका ३३ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस र विविध खेलकुद कार्यक्रमको उद्घाटन गर्दै सांसद गर्बुजाले पढ्न सहर झर्ने अवस्थाको अन्त्य गर्न गाउँका विद्यालयले आधुनिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

Advertisement

‘गाउँमा चहलपहल बढाउन पढ्न बजार झर्ने विद्यार्थीलाई रोक्नुपर्छ, बेनीका सामुदायिक विद्यालयमा थामिनसक्नु विद्यार्थी गाउँबाटै गएर भएका हुन्’ सांसद गर्बुजाले भन्नुभयो । सांसद गर्बुजाले गाउँमा चहलपहल बढाउन शिक्षा, स्वास्थ्य र विकास निर्माणका क्षेत्रको पूर्वाधारमा समेत उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले अलपत्र बनेको बेनी–पात्लेखेत–झिँ–पाखापानी सडकको बहुबर्षीय ठेक्का लागेको बताउँदै अब पाखापानीसम्म कालोपत्रे सडक तीनबर्षभित्र पुग्ने बताउनुभयो । ‘हामीले चुनावमा गरेको प्रतिबद्धता पुरा गरेरै छोड्छौ, भौतिक पूर्वाधारमा तीनै तहले प्राथमिकताका आधारमा लगानी बढाउनुपर्छ’ सांसद गर्बुजाले भन्नुभयो ।

उहाँले निर्वाचनको समयमा चुनावी प्रतिबद्धता अनुसारका सबै काम आफ्नो कार्यकालमा पूरा गरेरै छोड्ने समेत प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य बिमला गौचनले शैक्षिक क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले पहिलो प्राथमिकता राखेको बताउदै ग्रामिण क्षेत्रमा शैक्षिक क्षेत्र संगै पर्यटन क्षेत्रको समेत विकास गर्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा कार्यक्रममा २०७९ सालको एसईई परिक्षामा पास हुने विद्यार्थीलाई सम्मान, विद्यालयको शैक्षिक सुधार गर्नका लागि अक्षयकोष स्थापना गर्ने सहयोगदातालाई सम्मान, आर्थिक सहयोगदातालाई सम्मान, विद्यालयमा अध्यापन गराएका पूर्व शिक्षकहरुलाई सम्मान र अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितका अध्यक्ष पदम बहादुर शेरपुजा अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको अबस्था र आर्थिक, शैक्षिक भौतिक प्रतिवेदन प्र.अ यामबहादुर शेरपुञ्जाले प्रस्तुत गर्नुभएको थियो । बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा भलिबल सहितका खेलकुद प्रतियोगिता समेत सञ्चालन गरिएको छ ।

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP