२०८१ फाल्गुन ५
February 17, 2025, Monday

बेनी–कोरला सडकको काम समयमै पूरा हुनुपर्छ ः मन्त्री ज्वाला

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तरगत बेनी जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दी खण्डको स्थलगत अनुगमन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाँकी रहेको काम समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

Advertisement

सडक निर्माणमा देखिएका समस्या, निर्माण कम्पनीको ढिलासुस्ती, बाढीपहिरो क्षती पुगेको स्थानमा पुगेर निरीक्षण गर्दै मन्त्री ज्वालाले कालिगण्डकी करिडोर अन्तरगत पर्ने बेनी–मालढुंगा सडकखण्ड, बेनी–जोमसोम सडकखण्ड अन्तरगत भुरुङ तातोपानीसम्म पुगेर निर्माणधिन अवस्थाको सडकमा देखिएका समस्यालाई पन्छाएर समयमै योजना सम्पन्न गर्न आफ्नो तर्फबाट पहिलो प्राथमिकता राख्ने बताए ।

उनले काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गरिने बताउदै कालिगण्डकी करिडोर सरकारको प्राथमिकताको योजना भएको बताए । सडकलाई दिगो र सुरक्षित बनाउन आयोजनाले प्रस्ताव गरेको भिरकाटेको सुरूङमार्गको समेत अनुमगन गरेका थिए ।

कालिगण्डकी नदीको कटानले साँधुरिएकाले आयोजनाले ३ सय ८४ मिटर लामो सुरुङ बनाउने प्रस्तावलाई अगाडी बढाउने मन्त्री ज्यालाको भनाई छ । सुरुङ बनाउन करिब ८८ करोड लागत सहित डिपिआर समेत आयोजनाले स्वीकृतिका लागि अगाडी बढाएको छ ।

उनले सडक विभाग,बेनी–जोमसोम–कोरला सडक योजनाका प्रतिनिधिलाई लिएर अनुगमनमा आएका मन्त्री ज्यालालाई म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेशका भौतिक योजना तथा यातायात ब्यवस्था मन्त्री रेशम जुग्जाली, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल सहितको टोलीले स्वागत तथा सडकखण्डका समस्याका बारेमा जानकारी गराएका थिए ।

प्रतिनिधिसभा सदस्य गर्बुजाले बैसरीबाट औल जोड्ने पक्की पुलको आवश्यकताबारेमा स्थानीयबासीन्दा सहित मन्त्रीलाई आगामी बजेटमा समावेश गर्न माग गरेका थिए । त्यस्तै गण्डकी प्रदेशका मन्त्री जुग्जालीले पश्चिम म्याग्दीको तातोपानीमा बेलिब्रिज सहितको संरचना बनाउन आवश्यक रहेको बताएका थिए ।

प्रतिनिधिसभा सांसद गर्बुजा र गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री जुग्जालीले बर्खाको समयमा जोखिमपुर्ण स्थान आसपासमा बैकल्पिक मार्ग तथा अपुरो काम गर्ने, निर्माणक्षेत्रमा मजदुर नभएका, विगतका प्रतिबद्धता अनुसार काम नगर्ने निर्माण ब्यवसायीको ठेक्का तोड्ने, धरौटी जफत र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि समेत बढाउनुपर्ने बताएका थिए । कालीगण्डकी करिडोरको म्याग्दी खण्डको रघुगंगा गाउँपालिका–२ बैसरीखण्ड र अन्नपूर्ण गापा–२ र ३ वडा क्षेत्रमा पहिरो, कमजोर भुगोलका कारण बर्खाको समयमा बाढीपहिरोले सताउने गरेको योजना प्रमुख धुब्र झाले बताए ।

उनले पहिरोग्रस्तस्थल र कडा पहरा फुटाउनुपर्ने बाहेकमा कालोपत्रे भइरहेको र गर्ने तयारी भएको बताए । उनले पोखरेबगरमा कालोपत्रे भइरहेको छ। कालोपत्रेसँगै महभीर देखि पोखरेबगरसम्म चट्टान भएको भागमा बाहेक सडक विस्तार, नाली, पर्खाल निर्माण र सबबेस बिछ्याउने काम सकिएको आयोजना प्रमुख झाँले बताए । चीन र भारत जोड्ने नेपालको छोटो दूरीको कालीगण्डकी कोरिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो ।

विसं २०७४ देखि सुरु गरिएको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा नदी कटान र बाढीपहिरोको समस्या छ । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको काममा ढिलाइ हुँदा निर्वाचित जनप्रतिनिधि, सरोकारवाला निकाय र सर्वसाधारणको समेत तिब्र गुनासो आएकाले कामको गति बढाउन मन्त्री ज्वाला सहितको टोली अनुगमनमा आएको थियो ।

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८० माघ ६, शनिबार १३:२५

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८० माघ ६, शनिबार १३:२५

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८० माघ ६, शनिबार १३:२५

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP