२०८३ असार २७
July 11, 2026, Saturday

औषधी व्यवसायी संघमा नयाँ नेतृत्व, अध्यक्षमा पाण्डे

नेपाल औषधी व्यवसायी संघ म्याग्दीको दोस्रो साधारणसभा तथा अधिवेशन बुधबार बेनीमा सम्पन्न भएको छ ।

अधिवेशनबाट शम्भुराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । महासचिवमा थमन गौतम, कोषाध्यक्षमा कुमार बानिया, सदस्यमा सुम्मिता पौडेल ढकाल चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल औषधी व्यवसायी संघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पाण्डेले व्यवसायिक एकता र सहकार्यमा जोड दिनुभयो । व्यवसाय सञ्चालनका क्रममा कानुनी प्रक्रीया पुरा गर्न आग्रह गर्नुभयो ।

संघका प्रदेश उपाध्यक्ष झलक शर्मा, सदस्य सञ्जिव देवकोटाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । म्याग्दीमा औषधी व्यवस्था विभागमा दर्ता भएका १३ वटा मात्र औषधी पसल रहेका छन् ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP