नेपाल औषधी व्यवसायी संघ म्याग्दीको दोस्रो साधारणसभा तथा अधिवेशन बुधबार बेनीमा सम्पन्न भएको छ ।
अधिवेशनबाट शम्भुराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । महासचिवमा थमन गौतम, कोषाध्यक्षमा कुमार बानिया, सदस्यमा सुम्मिता पौडेल ढकाल चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल औषधी व्यवसायी संघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पाण्डेले व्यवसायिक एकता र सहकार्यमा जोड दिनुभयो । व्यवसाय सञ्चालनका क्रममा कानुनी प्रक्रीया पुरा गर्न आग्रह गर्नुभयो ।
संघका प्रदेश उपाध्यक्ष झलक शर्मा, सदस्य सञ्जिव देवकोटाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । म्याग्दीमा औषधी व्यवस्था विभागमा दर्ता भएका १३ वटा मात्र औषधी पसल रहेका छन् ।
‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार...
म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...
धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...