Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ६
September 22, 2026, Tuesday

एमाले म्याग्दीको पहिलो पूर्ण वैठकः ‘म बनाउँछु मेरो पार्टी’ योजना

नेकपा एमाले म्याग्दीको पहिलो पूर्ण वैठक शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा सम्पन्न भएको छ । वैठकले ‘म बनाउँछु मेरो पार्टी’ योजनालाई अभियानको रुपमा संचालन गर्ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले वैठकले गरेका निर्णयहरुको वारेमा जानकारी गराउनुहुँदै नेकपा एमालेको संगठनलाई बजवुट बनाउन म बनाउँछु मेरो पार्टी योजना अघि सारेको बताउनुभयो ।

Advertisement

उहाँले उक्त अभियान अन्तर्गत रहेर जिल्ला, पालिका, वडा र टोल कमिटीले नै जनता संग कुनै न कुनै रचनात्मक कार्य गर्नै पर्ने निर्णय गरिएको जानकारी दिनुभयो । एक सदस्यले एक सदस्य थप्ने अभियान संचालन गरि १ वर्षमा १ हजार सदस्य बढाउने, पार्टीलाई जनताको अदालतमा खडा गर्न खुल्ला छलफलका कार्यक्रम संचालन गर्ने, जिल्ला र पालिकामा विपतमा सहयोग गर्ने गरि उद्धार टोली तयार गर्ने, युवा उत्प्रेरणाका कार्यक्रम संचालन गर्ने, युवा र विद्यार्थीहरुमाझ पार्टीको विचारलाई पु¥याउन विभिन्न कार्यक्रम संचालन गर्ने, संस्थागत भ्रस्टाचार हुने ठाउँहरुमा निगरानी राख्ने कार्यक्रमहरुm सहितको वार्षिक योजना पार्टीले तयार गरेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

Advertisement

त्यसैगरि जिल्लाका पर्यटकीय क्षेत्रलाई प्रवर्धन गर्ने, सामाजिक संजालको सदुपयोगलाई बढाउने र दुरुपयोगलाई नियन्त्रण गर्ने, वर्षमा २ पटक जनप्रतिनिधिहरुलाई प्रशिक्षण र वार्षिक रुपमा वडा, पालिका तथा जनसंगठनका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम संचालन गर्ने, पार्टीको मुखपत्र प्रकाशन गर्ने, पार्टी कार्यालयलाई सूचना वैंक, ह्युमन रिसर्च र आईडिया वैंकको रुपमा विकास गर्ने लगायतका योजना बनाईएको छ ।

त्यस्तै वैठकमा जिल्ला कमिटी सदस्यहरुलाई काम, कर्तव्य र पार्टीको नीति र सिद्धान्तको बारेमा प्रशिक्षण समेत दिईएको छ । जिल्ला अधिवेशनबाट मनोनयन फिर्ता गरेका ८ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनयन गरिएको छ ।

वैठकले विभागीय कार्यविभाजन समेत गरेको छ । स्कुल विभागको प्रमुखमा अध्यक्ष बालकृष्ण सुवेदी, जनसंगठन समन्वय संयन्त्र प्रमुखमा उपाध्यक्ष प्रमोद श्रेष्ठ, संगठन विभाग प्रमुखमा सचिव थमसरा पुन, आर्थिक विभाग प्रमुखमा उपसचिव सत प्रसाद रोका, स्थानीय विकास विभाग प्रमुखमा उपसचिव खड्क गिरी, र सहकारी तथा गरिवि निवारण विभाग प्रमुखमा सदस्य देउ प्रसाद छन्त्याललाई चयन गरिएको छ । त्यस्तै जिल्लाका अधिकांश वडाको ईन्चार्ज पनि वैठकले टोकेको छ ।

पार्टीको पालिका अधिवेशन फागुन मसान्त सम्म र वडाको अधिवेशन चैतको मसान्तभित्र गरिसक्नुपर्ने निर्णय गरेको अध्यक्ष सुवेदीले बताउनुभयो । कार्यक्रममा अध्यक्ष सुवेदीले दशौँ जिल्ला अधिवेशनको बन्दसत्रमा पारित गरिएको १५ वुँदे समसामयिक प्रस्ताव समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला सह–ईन्चार्ज नरदेवि पुन, प्रदेश कमिटि सदस्य हरिकृष्ण श्रेष्ठ, खुम बहादुर बानियाँ, जिल्ला कमिटि सदस्य लक्ष्मण कटुवाल, जिल्ला कमिटि सदस्य तथा बेनपा १० का ईन्चार्ज समिर रोकाको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला कमिटि अध्यक्ष सुवेदीको अध्यक्षता तथा उपसचिव सत प्रसाद रोकाको संचालनमा सम्पन्न भएको थियो ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP