२०८२ फाल्गुन २८
March 12, 2026, Thursday

जलजलामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम सुरु

पर्वतको जलजला गाउँपालिकामा (शनिवार)देखि जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास सम्बन्धी तालिम सुरु भएको छ । प्रभावकारी सेवा प्रवाहको लागि जलजला गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता विकास गर्न तालिम सञ्चालन गरिएको हो । 

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र जलजला गाउँपालिका लामाखेत पर्वतको संयुक्त आयोजनामा सुरु भएको तालिमको जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विश्वकर्माले उद्घाटन गर्नुभयो । उद्घाटनपछि तालिमलाई सम्बोधन गर्दै उहाँले जलजला गाउँपालिकालाई समृद्ध र उन्नत बनाउन सकिने बताउँदै यसका लागि जनप्रतिनिधि र कर्मचारी एक भएर लाग्नुपर्ने बताउनुभयो । 

जिसस प्रमुख विश्वकर्माले गाउँपालिकाको विकासका लागि जनप्रतिनिधि र कर्मचारीहरुबीच नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताउँदै जनताको सेवालाई पहिलो प्राथमिकता दिएर सेवाप्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले सेवा प्रवाह चुस्त, दुरुस्त र नागरिकमैत्री हुनुपर्ने बताउनुभयो । पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले तालिमले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने बताउनुभयो । 

तीन दिनसम्म चल्ने तालिममा सकारात्मक सोच, स्थानीय तहको वित्तीय स्रोत र राजश्व अधिकारका क्षेत्रहरु, वार्षिक योजना र मध्यकालीन खर्च संरचनाको अन्तरसम्बन्ध, नेतृत्व सिप विकास, जनप्रतिनिधि र कर्मचारी बीचको अन्तरसम्बन्ध विकास, योजना अनुगमन तथा मूल्याङ्कनमा जनप्रतिनिधिहरुको भूमिका, राजश्व सुधार योजना, सम्पति कर कार्यान्वयन, स्थानीय तहका पदाधिकारीहरुको काम, कर्तव्य र जिम्मेवारी, वैठक व्यवस्थापन र निर्णय प्रक्रिया, संघ–प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध, योजनाको अवधारणा तथा स्थानीय तहको योजना तर्जुमा र सिफारिस प्रक्रियाको विषयमा सहजीकरण गरिने आयोजकले जनाएका छन् । 

तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक जयकृष्ण श्रेष्ठ, उपनिर्देशक हरिकृष्ण कोईराला, व्यवस्थापन अधिकृत योगमाया सापकोटा, कम्प्युटर अधिकृत रामहरि खत्री, लेखा अधिकृत चञ्चलाकुमारी अधिकारी र सकारात्मक सोचका प्रशिक्षक विश्वरमणले सहजीकरण गरिरहनुभएको छ । तालिममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसहित ८५ जनाले सहभागिता जनाएका छन् । 

तालिमको उद्घाटनसत्रमा नेपाली कांग्रेस जलजला गाउँपालिकाका सभापति ईन्दु शर्मा, नेकपा माओवादी केन्द्रका जलजला इन्चार्ज लोकराज आचार्य र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक जयकृष्ण श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिमको उद्घाटनसत्र जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष दीपक आचार्यको स्वागत र सूचना अधिकारी भेषनाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

Advertisement

Related News

म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
  • २०८० फाल्गुन १३, आईतवार ०२:३३

नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...

जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
  • २०८० फाल्गुन १३, आईतवार ०२:३३

बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...

जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
  • २०८० फाल्गुन १३, आईतवार ०२:३३

नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...

TOP