२०८१ फाल्गुन ५
February 17, 2025, Monday

जलजलामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम सुरु

पर्वतको जलजला गाउँपालिकामा (शनिवार)देखि जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास सम्बन्धी तालिम सुरु भएको छ । प्रभावकारी सेवा प्रवाहको लागि जलजला गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता विकास गर्न तालिम सञ्चालन गरिएको हो । 

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र जलजला गाउँपालिका लामाखेत पर्वतको संयुक्त आयोजनामा सुरु भएको तालिमको जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विश्वकर्माले उद्घाटन गर्नुभयो । उद्घाटनपछि तालिमलाई सम्बोधन गर्दै उहाँले जलजला गाउँपालिकालाई समृद्ध र उन्नत बनाउन सकिने बताउँदै यसका लागि जनप्रतिनिधि र कर्मचारी एक भएर लाग्नुपर्ने बताउनुभयो । 

जिसस प्रमुख विश्वकर्माले गाउँपालिकाको विकासका लागि जनप्रतिनिधि र कर्मचारीहरुबीच नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताउँदै जनताको सेवालाई पहिलो प्राथमिकता दिएर सेवाप्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले सेवा प्रवाह चुस्त, दुरुस्त र नागरिकमैत्री हुनुपर्ने बताउनुभयो । पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले तालिमले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने बताउनुभयो । 

तीन दिनसम्म चल्ने तालिममा सकारात्मक सोच, स्थानीय तहको वित्तीय स्रोत र राजश्व अधिकारका क्षेत्रहरु, वार्षिक योजना र मध्यकालीन खर्च संरचनाको अन्तरसम्बन्ध, नेतृत्व सिप विकास, जनप्रतिनिधि र कर्मचारी बीचको अन्तरसम्बन्ध विकास, योजना अनुगमन तथा मूल्याङ्कनमा जनप्रतिनिधिहरुको भूमिका, राजश्व सुधार योजना, सम्पति कर कार्यान्वयन, स्थानीय तहका पदाधिकारीहरुको काम, कर्तव्य र जिम्मेवारी, वैठक व्यवस्थापन र निर्णय प्रक्रिया, संघ–प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध, योजनाको अवधारणा तथा स्थानीय तहको योजना तर्जुमा र सिफारिस प्रक्रियाको विषयमा सहजीकरण गरिने आयोजकले जनाएका छन् । 

तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक जयकृष्ण श्रेष्ठ, उपनिर्देशक हरिकृष्ण कोईराला, व्यवस्थापन अधिकृत योगमाया सापकोटा, कम्प्युटर अधिकृत रामहरि खत्री, लेखा अधिकृत चञ्चलाकुमारी अधिकारी र सकारात्मक सोचका प्रशिक्षक विश्वरमणले सहजीकरण गरिरहनुभएको छ । तालिममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसहित ८५ जनाले सहभागिता जनाएका छन् । 

तालिमको उद्घाटनसत्रमा नेपाली कांग्रेस जलजला गाउँपालिकाका सभापति ईन्दु शर्मा, नेकपा माओवादी केन्द्रका जलजला इन्चार्ज लोकराज आचार्य र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक जयकृष्ण श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिमको उद्घाटनसत्र जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष दीपक आचार्यको स्वागत र सूचना अधिकारी भेषनाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

Advertisement

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८० फाल्गुन १३, आईतवार ०२:३३

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८० फाल्गुन १३, आईतवार ०२:३३

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८० फाल्गुन १३, आईतवार ०२:३३

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP