२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

१० औँ माघेसंक्रान्ति मेलाको आय व्याय सार्वजनिक, १८ लाखको कारोबार

म्याग्दीको बेनी बजारको खुल्ला मञ्चमा गत पुष २९ देखि माघ २ गतेसम्म बेनीमा सञ्चालन भउको १० औ माघे संक्रान्ति मेलाको आम्दानी खर्च पत्रकार सम्मेलन गरेर बुधबार सार्वजनिक गरिएको छ ।

Advertisement

म्याग्दीको उद्योग बाणिज्य संघ अन्तरर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको पत्रकार भेटघाटमा रु. १८ लाख १४ हजार ६६६ बराबरको आयब्यय विवरण सार्वजनिक गरिएको हो । समितिका सभापति अम्बिका श्रेष्ठले विभिन्न शिर्षकमा रु. १८ लाख १४ हजार ६६६ आम्दानी र खर्च कटाएर बाँकी रहेको रकम रु १ लाख उद्योग वाणिज्य संघको व्यवसायिक हितकोषमा जम्मा गरिएको र रु. ४५ हजार १६६ बचत भएको बताउनुभयो ।

Advertisement

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले महिलाको नेतृत्वमा भएको मेलाले स्थानी उत्पादनलाई प्रर्बधनमा प्रमुख भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तम कर्माचार्य, बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य, महासचिव अमित बानियाँ लगायत महिला उद्यमीहरुको उपस्थिती रहेको थियो ।

आम्दानी खर्च सार्वजनिक कार्यक्रमको अध्यक्षता तथा स्वागत समितिकी अध्यक्ष श्रेष्ठ, सञ्चालन महासचिव प्रमिला जोशी श्रेष्ठ र समापन बरिष्ठ उपाध्यक्ष बिष्णु गुरुङले गर्नुभएको थियो ।

परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि मेलाको आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले बताउनुभयो । माघ २ गतेसम्म चल्ने मेलाको अवसरमा बेनीमा विभिन्न जातजातिहरूले मौलिक कला संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो । परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि मेलाको आयोजना गरिएको थियो ।

जिल्लाका सबै स्थानीय तहको कृषि उपजको प्रदर्शनी, विभिन्न जातजातिको झाँकी प्रदर्शन, लोक दोहोरी, ठेलो फाल्ने, लठ्ठो तान्ने, आमा नृत्य प्रतियोगिताको साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको मेलामा प्रस्तुति रहेको थियो । मेलामा अन्धनिसान, महिला–पुरुष छेलो फ्याँक्ने, महिला–पुरुष लठो तान्ने प्रतियोगिता आयोजना गरिएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP