२०८१ फाल्गुन २
February 14, 2025, Friday

१० औँ माघेसंक्रान्ति मेलाको आय व्याय सार्वजनिक, १८ लाखको कारोबार

म्याग्दीको बेनी बजारको खुल्ला मञ्चमा गत पुष २९ देखि माघ २ गतेसम्म बेनीमा सञ्चालन भउको १० औ माघे संक्रान्ति मेलाको आम्दानी खर्च पत्रकार सम्मेलन गरेर बुधबार सार्वजनिक गरिएको छ ।

Advertisement

म्याग्दीको उद्योग बाणिज्य संघ अन्तरर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको पत्रकार भेटघाटमा रु. १८ लाख १४ हजार ६६६ बराबरको आयब्यय विवरण सार्वजनिक गरिएको हो । समितिका सभापति अम्बिका श्रेष्ठले विभिन्न शिर्षकमा रु. १८ लाख १४ हजार ६६६ आम्दानी र खर्च कटाएर बाँकी रहेको रकम रु १ लाख उद्योग वाणिज्य संघको व्यवसायिक हितकोषमा जम्मा गरिएको र रु. ४५ हजार १६६ बचत भएको बताउनुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले महिलाको नेतृत्वमा भएको मेलाले स्थानी उत्पादनलाई प्रर्बधनमा प्रमुख भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तम कर्माचार्य, बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य, महासचिव अमित बानियाँ लगायत महिला उद्यमीहरुको उपस्थिती रहेको थियो ।

आम्दानी खर्च सार्वजनिक कार्यक्रमको अध्यक्षता तथा स्वागत समितिकी अध्यक्ष श्रेष्ठ, सञ्चालन महासचिव प्रमिला जोशी श्रेष्ठ र समापन बरिष्ठ उपाध्यक्ष बिष्णु गुरुङले गर्नुभएको थियो ।

परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि मेलाको आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले बताउनुभयो । माघ २ गतेसम्म चल्ने मेलाको अवसरमा बेनीमा विभिन्न जातजातिहरूले मौलिक कला संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो । परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि मेलाको आयोजना गरिएको थियो ।

जिल्लाका सबै स्थानीय तहको कृषि उपजको प्रदर्शनी, विभिन्न जातजातिको झाँकी प्रदर्शन, लोक दोहोरी, ठेलो फाल्ने, लठ्ठो तान्ने, आमा नृत्य प्रतियोगिताको साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको मेलामा प्रस्तुति रहेको थियो । मेलामा अन्धनिसान, महिला–पुरुष छेलो फ्याँक्ने, महिला–पुरुष लठो तान्ने प्रतियोगिता आयोजना गरिएको थियो ।

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८० फाल्गुन १६, बुधबार ०४:१६

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८० फाल्गुन १६, बुधबार ०४:१६

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८० फाल्गुन १६, बुधबार ०४:१६

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP