२०८३ असार २
June 16, 2026, Tuesday

म्याग्दीमा भलिबल प्रबद्धनका लागि साढे ४३ लाख बढीको अक्षयकोष

म्याग्दी जिल्लाको इतिहासमा भलिबल खेलको विकासका लागि हालसम्मकै सबैभन्दा ठूलो सहयोग हस्तान्तरण गरिएको छ। युवा पुस्तालाई भलिबलमा आकर्षित गर्न तथा प्रतिभाशाली खेलाडी उत्पादनमा सक्रिय जिल्ला भलिबल संघ म्याग्दीले स्थापना गरेको भलिबल कोषमा यूकेमा रहेका म्याग्देलीको साझा संस्था मोना यूकेले ४३ लाख ६१ हजार ३९९ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

Advertisement

बुधबार सदरमुकाम बेनीमा आयोजित एक समारोहमा मोना यूकेका अध्यक्ष कुमार फगामी, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले म्याग्दी भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँलाई उक्त सहयोग हस्तान्तरण गरे ।

Advertisement

सोही अवसरमा मोना कुवेतबाट ५० हजार, भलिबल संघ कार्यसमितिको १ लाख २० हजार, मोना अन्तराष्ट्रियका अध्यक्ष ददिवल खड्काबाट १ लाख, प्रकाश कार्की यूएईबाट २० हजारसहयोग प्राप्त भएको छ ।

१ करोडको अक्षयकोषको लक्ष्य रहेकोमा हालसम्म ४६ लाख ५१ हजार ३९९ जम्मा भएको छ । सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य गर्बुजाले भलिबल खेललाई चलायमान बनाउन कोषले सहज हुने बताए ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुन,म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, महिला राष्ट्रिय भलिबलकी कप्तान अरुणा शाही, भलिबल संघका राष्ट्रिय उपाध्यक्ष याम गुरुङ,पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले अक्षष कोष म्याग्दी भलिबलका लागि स्वर्णीम अवसर सृजना गरेको बताएका थिए ।

मोना यूकेका अध्यक्ष कुमार फगामीले जिल्लास्तरमा भलिबलका राम्रा क्षमतावान खेलाडीलाई छनोट गरेर राष्ट्रिय टिमका लागि तयार गर्न सघाउने गरी कोषमा सहयोग गरेको बताए ।

उनले म्याग्दी जिल्लामा भलिबलको प्रतिभालाई छनोट गरी,ट्रेनिङ गराउने, आन्तरिक तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘एक्सपोज’ गराउने, भलिबल क्षेत्रको विकासका लागि भविष्यमा पनि सहकार्य गर्ने बताए ।म्याग्दी भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले अक्षय कोष भलिबलका खेलाडीहरू उत्पादन तथा प्रशिक्षण र तालिममा केन्द्रित गर्ने बताए ।

विद्यालय खेलकुद क्षेत्रको नर्सरी भएकाले खेल प्रतिभाको उत्पादन गर्नका लागि विद्यालयस्तरलाई केन्द्र विन्दुको रूपमा लिएर शिक्षकलाई समेत भलिबल खेलमा आर्कषित गरेको बताए । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षत संघका अध्यक्ष बानियाँ, स्वागत सचिव कुमार किसान र सञ्चालन सञ्चारकर्मी अमित विश्वकर्माले गरेका थिए ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP