२०८३ जेष्ठ २७
June 10, 2026, Wednesday

सुरक्षा निकायलाई अग्नी नियन्त्रण सामग्री सहयोग

बेनी, । डिभिजन वन कार्यालय म्याग्दीले जिल्लाका सुरक्षा निकायलाई अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरेको छ ।

Advertisement

सुख्खा यामसँगै वन जंगलमा लाग्ने डढेलो र आगोलागी नियन्त्रणमा खटिने नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बललाई सामग्री सहयोग गरेको कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको उपस्थितिमा भएको वन डढेलो नियन्त्रण समितिको बैठकमा सामग्री हस्तान्तरण गरिएको डिभिजन वन अधिकृत बिष्णुप्रसाद अधिकारीले बताउनुभयो ।

Advertisement

५÷५ थान स्वाटर, ३÷३ जोर मोजा, ५÷५ थान सिम्पल क्याप मास्स, ५÷५ थान बेल्चा, ३÷३ जोर फुल बल्याक लेजर बुट, ५÷५ थान सेफ्टी हेलमेट, ५÷५ जोर बटम जम्प सुट सहयोग गरिएको छ । ५÷५ थान रेक हो उइट आइरन हेण्डल, ५÷५ थान रेक उइथ हेण्डल, २÷२ थान ब्याक प्याक वाटर पम्प र ५÷५ जोर पञ्चा उपलब्ध गराइएको अधिकारीले बताउनुभयो ।

सुुख्खा यामसँगै डढेलो लाग्न थालेको छ । घाँस पलाउने वाहना, अवैध शिकार र आगोको जथाभावि प्रयोगले वनजंगलमा डढेलोको जोखिम बढेको छ । रुख बिरुवा, जडिवुटी, वन्यजन्तु र पंक्षीको वासस्थान डढेलोबाट नष्ट हुुने गरेको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP