२०८३ आश्विन १
September 17, 2026, Thursday

सांसद गर्बुजाको पहलमा घोप्टेखोला आयोजनाका लागि रु. ३८ करोड बजेट व्यवस्थापन

म्याग्दीका प्रतिनिधि सभा सदस्य खम बहादुर बर्गुजा खम्बीरको पहलमा जिल्लाको बृहत घोप्टेखोला आयोजनाका लागि रु. ३८ भन्दा बढीको बजेट व्यवस्थापन भएको छ ।

Advertisement

खानेपानी मन्त्रालयको सिफारिसमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दी मार्फत कार्यान्वयन हुने गरि अर्थ मन्त्रालयले बृहत घोप्टे खोला खानेपानी आयोजनाका लागि रु. ३८ करोड ५३ लाख २१ हजार बजेट स्वकृत गरेको हो ।
प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले खानेपानी मन्त्रालयले डिपिआर स्विकृत र अर्थले स्रोत सुनिश्चितता गरेर बहुबर्षीय ठेक्का आव्हान गर्न सहमति दिएको बताउनुभयो ।

उहाँले डिपिआर र बहुबर्षीयका लागि स्रोत सुनिश्चितता नहुँदा रोकिएको बृहत घोप्टेखोला खानेपानी आयोजना अब कार्यान्वयन हुने बताउनुभयो । ‘बृहत पिप्ले–भगवती खानेपानी आयोजनाका लागि पनि बजेट व्यवस्थापनका लागि पहल गरिरहेको छु ।, उहाँले भन्नुभयो अबको केही समयपछि त्यो आयोजनाका लागि पनि बजेट व्यवस्थापन हुन्छ ।’
बेनी –५, ६, ९, १० का विभिन्न बस्ती, रघुगङ्गा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी बृहत घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न सन २०२२ मा सर्वेक्षण भएको थियो ।

आयोजना मार्फत २ हजार ५५३ घरधुरीमा खानेपानी वितरण गर्ने लक्ष्य रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले जनाएको छ । बजेटको स्रोत सुनिश्चितता भएकाले ठेक्का आव्हानको तयारी गरेको कार्यालयका प्रमुख सुनम थापाले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा घोप्टेखोला र पिप्ले–भगवति खानेपानी आयोजनाका लागि रु. २÷२ करोड बजेट बिनियोजन भएको छ । ठेक्का लगाउन कुल लागत अनुमानको २० प्रतिशत हुने गरि चालु आर्थिक वर्षमा बजेट रकमान्तर गर्न प्रस्ताव गरिएको छ ।
ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । रघुगङ्गा–६ पाखापानीको करेन्टखोलाको मुहानबाट पाइपलाइनमार्फत ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्याङ्कीबाट वितरण पाइपमार्फत पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको छ ।

उक्त आयोजनाहरुमा कूल लागतमध्ये ९० प्रतिशत सङ्घीय सरकारको लगानी र १० प्रतिशत उपभोक्ताको जनश्रमदान बराबरको रकम लगानी गर्नुपर्नेछ । उपभोक्ताको जनश्रमदान वापतको बजेट सम्बन्धीत स्थानीय तहले व्यवस्थापन गरेका छन् ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP