२०८३ असार २
June 16, 2026, Tuesday

पाउद्वारमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार गाउँ जाँदै गरेको ग १ ज ७६५३ नम्बर प्लेटको यात्रुवाहक जिप सोही गाउँको नेपानेमा दुर्घटना हुँदा चालकसमेत दुई जनाको मृत्यु भएको छ ।


खोप्राबाट झरेका तीन जना पर्यटक लिन अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगरबाट पाउद्वार गाउँतर्फ जाँदै गरेको जिप आइतबार राती सडकदेखि करिब ५० मिटर तल खस्दा अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारमा बस्दै आएका चालक गणेश श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


स्थानीय वडासदस्य पूर्णबहादुर पाइजाका अनुसार पर्यटक लिन आइतबार साँझ नै पाउद्वार गाउँ पुग्नुपर्ने जिप रातिसम्म नपुगेपछि सोमबार बिहान खोजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । सीमा प्रहरी चौकी भुरुङ तातोपानीबाट असई बलबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलको बारेमा थप अनुसन्धान भैरहेको छ । 

Advertisement

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP