२०८२ चैत्र २५
April 8, 2026, Wednesday

म्याग्दी उद्योग वाणिज्य संघ गण्डकी प्रदेशमै उत्कृष्ट


म्याग्दी । नेपाल उद्योग वाणिज्य महासंघले गण्डकी प्रदेशमा म्याग्दी उद्योग वाणिज्य संघ लाइ उत्कृष्ट घोषित गर्दै सम्मान गरेको छ ।
शनिबार सम्पन्न भएको ७ औं प्रदेश सभा बाट गण्डकी प्रदेश भित्रका २१ वटा जिल्ला ÷ नगर उद्योग वाणिज्य संघहरुमध्ये म्याग्दी उद्योग वाणिज्य संघलाई उत्कृष्टताको प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

Advertisement


आर्थिक, सामाजिक तथा नियमित गतिविधि, उद्योग ब्यापारीको हक–हितमा लक्षित गरी विभिन्न कार्यक्रम, सचिवालय ब्यवस्थापन, ब्यवसायी हितकोष तथा जिल्लास्तरमा हुने विभिन्न गतिविधिमा सक्रिय भूमिका लगायतमा गण्डकी प्रदेशभित्रका अन्य उद्योग वाणिज्य संघहरुमध्य अब्बल रहेको भन्दै कदरपत्रले सम्मान गरिएको छ ।

Advertisement


नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र ढकालले म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठलाई कदरपत्रले सम्मान गर्नुभएको थियो ।
सम्मानपछि अध्यक्ष श्रेष्ठले जिल्लाका सम्पूर्ण संघ संस्था,संचारकर्मी,राजनीतिक दल, सरकारी निकाय, स्थानीय सरकार लगायतको साथ र सहयोगबाट सम्मानित हुने अवसर मिलेको बताउनुभयो ।


म्याग्दी उवासंघका निर्वतमान अध्यक्ष बेलबहादुर कटुवालले समेत कार्यसम्पादनको उचित मुल्यांकन भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशलाई धन्यवाद दिनुभएको छ । गतबर्ष लेखनाथ उद्योग वाणिज्य संघ उत्कृष्ट घोषित भएको थियो ।

Related News

टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
  • २०८० चैत्र १८, आईतवार ०६:४१

Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...

वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
  • २०८० चैत्र १८, आईतवार ०६:४१

वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...

जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
  • २०८० चैत्र १८, आईतवार ०६:४१

 म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली...

TOP