२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

म्याग्दी उद्योग वाणिज्य संघ गण्डकी प्रदेशमै उत्कृष्ट


म्याग्दी । नेपाल उद्योग वाणिज्य महासंघले गण्डकी प्रदेशमा म्याग्दी उद्योग वाणिज्य संघ लाइ उत्कृष्ट घोषित गर्दै सम्मान गरेको छ ।
शनिबार सम्पन्न भएको ७ औं प्रदेश सभा बाट गण्डकी प्रदेश भित्रका २१ वटा जिल्ला ÷ नगर उद्योग वाणिज्य संघहरुमध्ये म्याग्दी उद्योग वाणिज्य संघलाई उत्कृष्टताको प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

Advertisement


आर्थिक, सामाजिक तथा नियमित गतिविधि, उद्योग ब्यापारीको हक–हितमा लक्षित गरी विभिन्न कार्यक्रम, सचिवालय ब्यवस्थापन, ब्यवसायी हितकोष तथा जिल्लास्तरमा हुने विभिन्न गतिविधिमा सक्रिय भूमिका लगायतमा गण्डकी प्रदेशभित्रका अन्य उद्योग वाणिज्य संघहरुमध्य अब्बल रहेको भन्दै कदरपत्रले सम्मान गरिएको छ ।

Advertisement


नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र ढकालले म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठलाई कदरपत्रले सम्मान गर्नुभएको थियो ।
सम्मानपछि अध्यक्ष श्रेष्ठले जिल्लाका सम्पूर्ण संघ संस्था,संचारकर्मी,राजनीतिक दल, सरकारी निकाय, स्थानीय सरकार लगायतको साथ र सहयोगबाट सम्मानित हुने अवसर मिलेको बताउनुभयो ।


म्याग्दी उवासंघका निर्वतमान अध्यक्ष बेलबहादुर कटुवालले समेत कार्यसम्पादनको उचित मुल्यांकन भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशलाई धन्यवाद दिनुभएको छ । गतबर्ष लेखनाथ उद्योग वाणिज्य संघ उत्कृष्ट घोषित भएको थियो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० चैत्र १८, आईतवार ०६:४१

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० चैत्र १८, आईतवार ०६:४१

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० चैत्र १८, आईतवार ०६:४१

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP