२०८३ असार २७
July 11, 2026, Saturday

सहकारी दिवस : लागि सञ्चालक र सदस्य जिम्मेवार बन्नपर्छ

गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर भण्डारीले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सञ्चालक र ऋण लिएका सदस्यहरु जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको कार्यक्रममा सांसद भण्डारीले लिएको ऋण तिर्नु सदस्य र बचतको सुरक्षा गर्नु सञ्चालकको दायित्व हुने बताउनुभयो ।

“बचतकर्ताको रकमको सुरक्षा गर्ने जिम्मा सहकारीको सञ्चालकको हो,” उहाँले भन्नुभयो “लिएको ऋण तिर्नुपर्ने दायित्व सदस्यको हुन्छ । दुवै पक्ष जिम्मेवार बनेर सहकारीको समस्या समाधान गर्नुपर्छ ।”

सञ्चालकहरुले लापरबाही गरेका कारण समस्यामा परेका सहकारीहरुको नियमन गर्न राज्यले हस्तक्षेप गर्नुपर्ने बताउनुभयो । “कहि कतै सहकारीका सञ्चालकले बचतकर्ताको रकम हिनामीना गरेको विषय पनि आएका छन,” उहाँले भन्नुभयो “राज्य संधै जनताको पक्षमा हुन्छ र हुनै पर्छ त्यसैले अहिलेको अवस्थामा पनि सहकारीमा कोही पनि जनताको पैसा हरायो वा डुब्यो भन्ने हुँदै होइन त्यो फिर्ता गराउनै पर्छ ।”

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राज्यले सहकारीलाई सहयोग गरेको बताउँदै सहकारीको वर्तमान अवस्था पनि राज्य पनि चिन्तीत रहेको बताउनुभयो । उहाँले एक प्रसंगमा भन्नुभयो–‘अहिले सहकारीमा आएको संकटले गर्दा कतिपय अवस्थामा प्रशासनबाट प्रतिनिधित्व गर्नु पर्ने अवस्थामा पनि प्रशासनबाट जान डराउने गरेका छन् ।’

राज्यको कानुनले नै सहकारीलाई अर्थतन्त्रको तीन खम्बा मध्येको एक मानेकोले कुनै एक खम्बा कमजोर हुँदा मुलुकको अर्थतन्त्र पनि राम्रो नहुने तर्फ सबै सचेत हुन पर्ने धारणा राख्नुभएको थियो ।

म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतमले जनताको बचत नै सहकारीले लगानी गरेको हुनाले त्यो ऋण पनि उठाइने र जनताले पनि आफ्नो बचत फिर्ता पाउने बताउनुभयो । बचत फिर्ताका लागि केही ढिला हुन सक्ला तर कोही पनि आफ्नो दायित्वबाट भाग्न नमिल्ने उहाँको भनाई थियो ।

तीन खम्बे अर्थनीति हुँदा सबै खम्बा उस्तै बलियो भयो भने मात्रै राम्रो हुने भएकाले सहकारी नामको खम्बालाई जसरी पनि मजबुत तथा बलियो बनाइनु पर्ने उहाँको भनाई थियो । सहकारी दिवसको मुल कार्यक्रम पूर्व विभिन्न प्रारम्भीक सहकारीको ब्यानर सहितको ¥यालीले बेनी बजारको परिक्रमा गरेको थियो ।

बजार परिक्रमा पछि जिल्ला समन्वय समितिको सभाहलमा पुगेर मुल कार्यक्रममा परिणत भएको थियो । मुल कार्यक्रम जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीको स्वागत र सदस्य तेजकुमारी बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP