२०८१ चैत्र १
March 14, 2025, Friday

बेनी–गलेश्वर सडकखण्डमा उप्कियो कालोपत्रे, मर्मत गरिदैं

म्याग्दीको बेनी नगरपालिका८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र ५ महिना नबित्दै उप्किएको छ। सडकखण्डमा कालोपत्र उप्किएपछि सडकमा सानासाना खाल्डा परेका छन्। कालोपत्र उप्किएपछि दिउँसोको समयमा सवारीसाधनलाई आवतजावतमा समस्या हुने गरेको छ । गत पुस महिनामा २४ महिनाको ठेक्का एक बर्षमै सकिएपछि निर्माण ब्यवसायीको चौतर्फी प्रशंसा भएको थियो ।

Advertisement


उप्किएको सडकलाई पुनः मर्मत गर्न लगाएको र बिग्रिएको ठाउँमा थप मर्मत गर्न आग्रह गरिएपछि अहिले ठेकेदारले मर्मत गर्न थालेका छन् । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गतपर्ने सडककालोपत्र उप्किएको गुनासो आएपछि मर्मतका लागि ठेकेदारलाई निर्देशन दिइएको आयोजना प्रमुख धुब्रकुमार झाले बताए । ‘निर्माण ब्यवसायीले तुरुन्तै काम गर्नुपर्छ, बिग्रिएको स्थानको पहिचान गरी सम्झौता अनुसार नै मर्मत गर्नुपर्छ’ प्रमुख झाले भने ।


दुई किलोमिटर एक सय दुई मिटर सडक कालोपत्र गर्न मंगलादेवी सुवास कन्ट्रक्सन प्रालिले भ्याट÷पीएससहित रु १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ मा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो। पर्याप्त उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेर लक्ष्यअघि नै सम्पन्न गरेपछि बेनी नगरपालिका सहित संघसंस्थाले समेत निर्माण ब्यवसायीलाई सम्मान गरेका थिए ।


म्याग्दीमा अन्य आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीलाई चुनौती बनेको बेनी–गलेश्वर खण्डमा कालोपत्र उप्किएपछि अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ।

Related News

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
  • २०८० चैत्र २१, बुधबार ०३:५१

म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली...

बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
  • २०८० चैत्र २१, बुधबार ०३:५१

अमित विश्वकर्माम्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा...

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
  • २०८० चैत्र २१, बुधबार ०३:५१

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन्...

TOP