२०८३ असार २७
July 11, 2026, Saturday

बेनी–गलेश्वर सडकखण्डमा उप्कियो कालोपत्रे, मर्मत गरिदैं

म्याग्दीको बेनी नगरपालिका८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र ५ महिना नबित्दै उप्किएको छ। सडकखण्डमा कालोपत्र उप्किएपछि सडकमा सानासाना खाल्डा परेका छन्। कालोपत्र उप्किएपछि दिउँसोको समयमा सवारीसाधनलाई आवतजावतमा समस्या हुने गरेको छ । गत पुस महिनामा २४ महिनाको ठेक्का एक बर्षमै सकिएपछि निर्माण ब्यवसायीको चौतर्फी प्रशंसा भएको थियो ।


उप्किएको सडकलाई पुनः मर्मत गर्न लगाएको र बिग्रिएको ठाउँमा थप मर्मत गर्न आग्रह गरिएपछि अहिले ठेकेदारले मर्मत गर्न थालेका छन् । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गतपर्ने सडककालोपत्र उप्किएको गुनासो आएपछि मर्मतका लागि ठेकेदारलाई निर्देशन दिइएको आयोजना प्रमुख धुब्रकुमार झाले बताए । ‘निर्माण ब्यवसायीले तुरुन्तै काम गर्नुपर्छ, बिग्रिएको स्थानको पहिचान गरी सम्झौता अनुसार नै मर्मत गर्नुपर्छ’ प्रमुख झाले भने ।


दुई किलोमिटर एक सय दुई मिटर सडक कालोपत्र गर्न मंगलादेवी सुवास कन्ट्रक्सन प्रालिले भ्याट÷पीएससहित रु १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ मा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो। पर्याप्त उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेर लक्ष्यअघि नै सम्पन्न गरेपछि बेनी नगरपालिका सहित संघसंस्थाले समेत निर्माण ब्यवसायीलाई सम्मान गरेका थिए ।


म्याग्दीमा अन्य आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीलाई चुनौती बनेको बेनी–गलेश्वर खण्डमा कालोपत्र उप्किएपछि अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP