२०८२ माघ १
January 14, 2026, Wednesday

अमेरिकाको बाल्टिमोरमा आयोजित महायज्ञमा २० लाख डलर संकलन म्याग्देली युवा मात्रै गरे पाँच लाख डलर दान

धु्रवसागर शर्मा

Advertisement

अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्याण्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा त्यहाँ रहेका नेपालीहरुले करिव २० लाख डलर सहयोग (दान) गरेका छन् । गत मार्च ३० देखि अप्रिल ६ सम्म आयोजना गरिएको उक्त महायज्ञमा वाल्टिमोरका युवा व्यवसायी म्याग्दीका कृष घिमिरे,जगत घिमिरे,सुदर्शन पौडेल लगाएतका युवाहरुले मन खोलेर सहयोग गरेका आयोजक समितिले जनाएको छ ।

Advertisement

अमेरिकामा रहेका नेपालीहरुमा आध्यात्मिक भाव विकसित गर्नुका साथै आफ्नो धर्म,संस्कृति र परम्परासँग आफ्ना सन्ततिहरुलाई परिचित गराउने उद्धेश्यले आयोजन गरिएको उक्त महायज्ञमा रोजगार,व्यवसाय,अध्ययन वा विभिन्न प्रयोजनका लागि अमेरिकाको मेरिल्याण्डमा रहेका म्याग्देलीहरुको उपस्थिति रहेको जनाइएको छ ।

मेरिल्याण्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा अमेरिकाको बाल्टिमोरमा व्यवसाय गर्दै आउनुभएका म्याग्दीको बेनी नगरपालिका २ का कृस घिमिरेले एक लाख ५० हजार डलर सहयोग (दान) गर्ने प्रतबद्धता जनाउनुभएको छ । हिन्दू बुद्ध मन्दिरका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका घिमिरेले यस अघि पनि उक्त मन्दिरलाई ५० हजार डलर सहयोग गर्नुभएकोमा अहिले एक लाख डलर थपेर १ लाख ५० हजार डलर पुर्याउनुभएको हो ।

घिमिरे दोस्रो ठूलो रकम दान गर्ने दानविर बन्नुभएको छ । त्यसैगरी म्याग्देली समूहका जगत घिमिरे र सुदर्शन पौडेल लगायतको समूहले पनि महायज्ञमा २ लाख ३० हजार डलर सहयोग (दान) गरेका वाल्टिमोरबाट जगत घिमिरेले जानकारी दिनुभएको छ । त्यसै गरी त्यहाँबाट सुदर्शन पौडेलले दिएको जानकारी अनुसार मेरिल्याण्डमा रहेका म्याग्देलीहरुबाट गरी पाँच लाख डलर संकलन भएको छ ।

यस अघि पनि मन्दिरका लागि कृष घिमिरे,जगत घिमिरे,सुदर्शन पौडेल,कृष्ण केसी, नरेश केसी लगाएत म्याग्देली युवाहरुले दुई लाख डलर भन्दा बढी सहयोग गरिसेका छन् । म्याग्देली समाजका अध्यक्ष कृष्ण केसीले विदेशी भूमिमा व्यस्त जीवनशैलीका बिच आयोजित महायज्ञ तथा धार्मिक महोत्सव २०८० मा म्याग्देली युवाहरुबाट अभूतपूर्व सहयोग प्राप्त भएको बताउनुभयो ।

म्याग्देली युवाहरु पार्किङ व्यवस्थापन गर्नेदेखि लिएर हरेक दिन सम्पूर्ण कार्यमा स्वयंसेवीको भूमिका निर्वाहा गरेर महायज्ञ सफल बनाउन ठूलो सययोग गरेका अध्यक्ष केसीलाई उद्घृत गर्दै युवा व्यवसायी जगत घिमिरेले जानकारी दिनुभयो । त्यसैगरी हिन्दु बुद्ध मन्दिरका अध्यक्ष डा. श्याम कार्कीले १ लाख २१ हजार डलर दानको अतिरिक्त कालान्तरमा १० लाख डलर थप्ने प्रतिबद्धता व्यक्त गर्नुभएको घिमिरेले जानकारी दिनुभयो ।

त्यसैगरी म्याग्दीकै समाजसेवी नरेश केसीले मन्दिर निर्माणको लागि महायज्ञको पहिलो दिन नै ७० हजार डलर चन्दा दिनुभएको थियो । महापुराण एवम् आध्यात्मिक महोत्सवका संचार संयोजक सृजन ताम्राकारका अनुसार महायज्ञको पहिलो दिन (मार्च ३०) ७० हजार डलर, ,मार्च ३१ मा एक लाख,२८ हजार, २२३ डलर,अप्रिल १ मा ६०,५७२ ,अप्रिल २ मा ८५,२८० ,अप्रिल ३ मा १,९०,४१८ ,अप्रिल ४ मा १,३७ ,४६६। अप्रिल ५ मा ७१५,३८२ तथा अन्तिम दिन ५ ,५३,५४१ डलर सङ्कलन भएको छ । महायज्ञमा वाचन प्रवीण दीनबन्धु पोखरेलले कथावाचन गर्नुभएको थियो । श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिन दिव्य कलशयात्रा सहित बिभिन्न समुदाय तथा अमेरिकाको मौलिक इन्डियन अमेरिकीहरुको समेत सामूहिक झाँकी रहेको जनाइएको छ ।

Related News

बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
  • २०८० चैत्र २६, सोमबार ०१:१८

बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको...

दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
  • २०८० चैत्र २६, सोमबार ०१:१८

बेनी बजार निवासी स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाख राशिको पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ...

लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
  • २०८० चैत्र २६, सोमबार ०१:१८

म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा...

TOP