धु्रवसागर शर्मा
अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्याण्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा त्यहाँ रहेका नेपालीहरुले करिव २० लाख डलर सहयोग (दान) गरेका छन् । गत मार्च ३० देखि अप्रिल ६ सम्म आयोजना गरिएको उक्त महायज्ञमा वाल्टिमोरका युवा व्यवसायी म्याग्दीका कृष घिमिरे,जगत घिमिरे,सुदर्शन पौडेल लगाएतका युवाहरुले मन खोलेर सहयोग गरेका आयोजक समितिले जनाएको छ ।
अमेरिकामा रहेका नेपालीहरुमा आध्यात्मिक भाव विकसित गर्नुका साथै आफ्नो धर्म,संस्कृति र परम्परासँग आफ्ना सन्ततिहरुलाई परिचित गराउने उद्धेश्यले आयोजन गरिएको उक्त महायज्ञमा रोजगार,व्यवसाय,अध्ययन वा विभिन्न प्रयोजनका लागि अमेरिकाको मेरिल्याण्डमा रहेका म्याग्देलीहरुको उपस्थिति रहेको जनाइएको छ ।
मेरिल्याण्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा अमेरिकाको बाल्टिमोरमा व्यवसाय गर्दै आउनुभएका म्याग्दीको बेनी नगरपालिका २ का कृस घिमिरेले एक लाख ५० हजार डलर सहयोग (दान) गर्ने प्रतबद्धता जनाउनुभएको छ । हिन्दू बुद्ध मन्दिरका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका घिमिरेले यस अघि पनि उक्त मन्दिरलाई ५० हजार डलर सहयोग गर्नुभएकोमा अहिले एक लाख डलर थपेर १ लाख ५० हजार डलर पुर्याउनुभएको हो ।
घिमिरे दोस्रो ठूलो रकम दान गर्ने दानविर बन्नुभएको छ । त्यसैगरी म्याग्देली समूहका जगत घिमिरे र सुदर्शन पौडेल लगायतको समूहले पनि महायज्ञमा २ लाख ३० हजार डलर सहयोग (दान) गरेका वाल्टिमोरबाट जगत घिमिरेले जानकारी दिनुभएको छ । त्यसै गरी त्यहाँबाट सुदर्शन पौडेलले दिएको जानकारी अनुसार मेरिल्याण्डमा रहेका म्याग्देलीहरुबाट गरी पाँच लाख डलर संकलन भएको छ ।
यस अघि पनि मन्दिरका लागि कृष घिमिरे,जगत घिमिरे,सुदर्शन पौडेल,कृष्ण केसी, नरेश केसी लगाएत म्याग्देली युवाहरुले दुई लाख डलर भन्दा बढी सहयोग गरिसेका छन् । म्याग्देली समाजका अध्यक्ष कृष्ण केसीले विदेशी भूमिमा व्यस्त जीवनशैलीका बिच आयोजित महायज्ञ तथा धार्मिक महोत्सव २०८० मा म्याग्देली युवाहरुबाट अभूतपूर्व सहयोग प्राप्त भएको बताउनुभयो ।
म्याग्देली युवाहरु पार्किङ व्यवस्थापन गर्नेदेखि लिएर हरेक दिन सम्पूर्ण कार्यमा स्वयंसेवीको भूमिका निर्वाहा गरेर महायज्ञ सफल बनाउन ठूलो सययोग गरेका अध्यक्ष केसीलाई उद्घृत गर्दै युवा व्यवसायी जगत घिमिरेले जानकारी दिनुभयो । त्यसैगरी हिन्दु बुद्ध मन्दिरका अध्यक्ष डा. श्याम कार्कीले १ लाख २१ हजार डलर दानको अतिरिक्त कालान्तरमा १० लाख डलर थप्ने प्रतिबद्धता व्यक्त गर्नुभएको घिमिरेले जानकारी दिनुभयो ।
त्यसैगरी म्याग्दीकै समाजसेवी नरेश केसीले मन्दिर निर्माणको लागि महायज्ञको पहिलो दिन नै ७० हजार डलर चन्दा दिनुभएको थियो । महापुराण एवम् आध्यात्मिक महोत्सवका संचार संयोजक सृजन ताम्राकारका अनुसार महायज्ञको पहिलो दिन (मार्च ३०) ७० हजार डलर, ,मार्च ३१ मा एक लाख,२८ हजार, २२३ डलर,अप्रिल १ मा ६०,५७२ ,अप्रिल २ मा ८५,२८० ,अप्रिल ३ मा १,९०,४१८ ,अप्रिल ४ मा १,३७ ,४६६। अप्रिल ५ मा ७१५,३८२ तथा अन्तिम दिन ५ ,५३,५४१ डलर सङ्कलन भएको छ । महायज्ञमा वाचन प्रवीण दीनबन्धु पोखरेलले कथावाचन गर्नुभएको थियो । श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिन दिव्य कलशयात्रा सहित बिभिन्न समुदाय तथा अमेरिकाको मौलिक इन्डियन अमेरिकीहरुको समेत सामूहिक झाँकी रहेको जनाइएको छ ।
म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...
धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...
म्याग्दी, २८ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको...