२०८२ माघ २९
February 11, 2026, Wednesday

म्याग्दीका सयभन्दा बढी वनमा डढेलो

म्याग्दीमा १ सय १० भन्दा बढी वनमा डढेलो लागेको छ । लामो खडेरी र जथाभाबी आगजनीले वनजंगल सखाप पार्न थालेको हो । पछिल्लो एक सातामा जिल्लामा दिनहुँ डढेलोको घटना बढेका छन् ।

Advertisement


१ सय १० बढी सामुदायिक वनमा डढेलो लागेको र जथाभावी डढेलो लगाउने प्रवृति नरोकिएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख डिभिजन वनअधिकृत विष्णुप्रसाद अधिकारीले जानकारी दिए । ‘‘अहिले जिल्लामा वन डढेलो नियन्त्रण बाहिर छ, एउटै वनमा दोहोराएर डढेलो लागेको छ, कतिपय ठाउँमा वनजंगलमा फैलिएको आगो वस्तीमा पस्ने जोखिम पनि छ, हामीले समुदायस्तरमा आगजनी र डढेलो नियन्त्रणको लागि सावधानी अपनाउन आह्वान गरेका छौं’, डिभिजन वन अधिकृत अधिकारीले भने ।

Advertisement


जिल्लामा रहेका ३ सय ११ सामुदायिक वनसँगै निजी वन, धार्मिक वन र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तर्गतका वनजंगलमा हरेक दिन आगजनी भइरहेको छ । गत फागुनदेखि वनमा डढेलो लाग्न थालेको थियो । स्वास्थ्य संस्थामा डढेलोकै कारण आँखा, स्वासप्रश्वास, छाला चिलाउने लगायतका समस्याका बिरामी बढेका छन् ।

जथाभावी वन डढेलो लगाउँदा दर्जनौँ बस्ती जोखिममा परेका छन् । रघुगंगा गाउँपालिका–१ बादुँकगाउँ वरपरका जङ्गलमा आइतबार दिउँसोदेखि लागेको डढेलो गाउँमा पस्न सक्ने जोखिम भएपछि स्थानीयले दुई दिनदेखि डढेलो निभाउने काममा जुटेको स्थानीय युवा लोकेन गर्बुजाले बताए ।


‘गाउँ वरपर सबैतिरबाट डढेलो लागेको छ, कति बेला गाउँमा आगो पस्छ भन्ने डर र त्रास मात्रै छ, डढेलोको धुँवाले श्वास फेर्नसमेत कठिन बनाएको छ’, गर्बुजाले भने । वन डढेलो रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि घाँस राम्रो हुने भन्दै वनजङ्गलमा आगो लगाउने प्रचलन अझै हट्न सकेको छैन । बेनी नगरपालिकासहित मंगला, मालिका, धवलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका दर्जनौ वन क्षेत्रमा दिनहुँ डढेलो लागिरहेको छ ।

डढेलोले वनजंगल उजाड र नांगो देखिन थालेका छन् । वनस्पती, वन्यजन्तु र वन्यजन्तुको वासस्थानलाई नष्ट गर्नुको साथै मानव स्वास्थ्यमा समेत असर पर्ने भएकाले डढेलो लगाउने कार्य रोक्न डिभिजन वन कार्यालयले सबैलाई आह्वान गरेको छ ।


वन ऐन २०७६ को दफा ५० को उपदफा ४ बमोजिम वनजंगलमा आगलागी गर्नेलाई फौजदारी अभियोग मानिने र यस्तो कार्य गर्नेलाई ३ वर्ष कैद, ६० हजार जरिवाना र दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ । तर हालसम्म वन डढेला लगाउनेको पहिचान र कानुनी कारबाही हुन सकेको छैन ।

Related News

एमाले म्याग्दीको अन्नपूर्णमा घरदैलो र मतदाता भेटघाट
एमाले म्याग्दीको अन्नपूर्णमा घरदैलो र मतदाता भेटघाट
  • २०८१ बैशाख ११, मंगलवार ११:४७

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा मङ्गलवार अन्नपूर्ण गाउँपालिकामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सुरु भएको...

जनताको समस्या सुन्दै समाधानप्रति उम्मेदवार भण्डारीको प्रतिबद्धता
जनताको समस्या सुन्दै समाधानप्रति उम्मेदवार भण्डारीको प्रतिबद्धता
  • २०८१ बैशाख ११, मंगलवार ११:४७

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी)ले मतदाता प्रत्यक्ष...

म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
  • २०८१ बैशाख ११, मंगलवार ११:४७

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण...

TOP