२०८३ असार २
June 16, 2026, Tuesday

म्याग्दीमा दलित पत्रकार संघ गठन, अध्यक्षमा अमित विश्वकर्मा

म्याग्दीमा राष्ट्रिय दलित पत्रकार संघको शाखा विस्तार र कार्यसमिति चयन भएको छ । बेनीमा रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको कार्यालयमा सम्पन्न भएको संघको प्रथम भेलाबाट दलप्रसाद वि.क. (अमित) को अध्यक्षतामा ७ सदस्यीय कार्यसमिती गठन भएको हो ।

Advertisement

समितीको उपाध्यक्षमा गोकुल सुनार, सचिवमा बादल शाही, सह सचिव राजकुमार परियार, कोषाध्यक्ष सुप्रेना किसान, सदस्यहरुमा दुर्गा श्रीपाली र श्रेया किसान चयन हुनुभएको छ । भुपेन्द्र नेपाली र विमला परियार केन्द्रीय प्रतिनिधिहरुमा चयन हुनुभएको छ ।

Advertisement

कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले उत्पीडनमा परेका दलित समुदायका विषयहरुलाई सञ्चार माध्यमहरुमा बलियो तवरले उठाउन दलित पत्रकार संघले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । पत्रकारिता पेशाप्रति आकर्षण बढाउन र पत्रकारहरुको क्षमता विकासका लागि पत्रकार महासंघले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको पौडेलले बताउनुभयो । राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय प्रतिनिधि अमिर रामदामले देशभर ८ सय दलित पत्रकारहरु क्रियाशिल भएको बताउनुभयो ।

उत्पीडनमा परेको दलित समुदायका समस्याहरुलाई पत्रकारिता मार्फत नीति निर्माण गर्ने निकाय सम्म पु¥याउन दलित पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको उहाँको विश्वास छ । दलित समुदायको पत्रकारितामा पहुँच विस्तार गर्नु र संगठित भइ दलितका मुद्दा उठान गराउन संगठन आवश्यक भएकाले देशभर दलित पत्रकारहरुलाई गोलबन्ध गर्ने अभियान संचालन गरिएको उहाँको भनाइ छ ।

सात प्रदेश र ५५ जिल्लामा दलित पत्रकार संघ गठन गरी करिब १५ सय पत्रकारहरु संघमा संगठित भएको उहाँले जानकारी दिनुभयो । भेलामा दलित आन्दोलनका अगुवा तथा बेनीका व्यवसायी जिवनबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सल्लाहकार ठाकुरप्रसाद आचार्य,प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री र दलित युवा याम किसानले दलितहरुका समस्या र विषयवस्तुहरुलाई पत्रकारहरुले महत्व दिएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP