२०८१ फाल्गुन ५
February 17, 2025, Monday

तिन बर्ष यता म्याग्दीमा औलोका बिरामी शुन्य, प्रयोगशाला र ल्याब टेक्निसियन नहुदा बिरामीको पहिचानमा समस्या

स्वास्थ्य कार्यालय म्याग्दीमा रगतको नमूनालाई परीक्षण गर्ने प्रयोगशाला र ल्याब टेक्निसियन नहुदाँ समस्या भएको छ । औलोको पहिचान गर्न समुदायस्तरमै पुगेर रगतको नमूना संकलन तथा परीक्षण गर्नुपर्ने भएपनि जनशक्ती र पूर्वाधारको अभावका कारण अभियान प्रभावित बनेको छ ।

Advertisement

विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा म्याग्दीको ६ वटै स्थानीय तहमा कुल २ लाख ६ हजार ७०४ जनसंख्यामा बार्षिक १४ सय जनाको नमुना परीक्षणका लागि ल्याब टेक्निसियन र परीक्षणका लागि प्रयोगशालाको आवश्यकता रहेको कार्यालय प्रमुख भुवन ठकुराठीले बताए ।

उनका अनुसार म्याग्दीमा आयातित औलोको बिरामीको जोखिम रहेकाले सम्भावित क्षेत्रमा नमुना संकलनमा समेत जनशक्तीको अभावले प्रयोगशालाबाट प्रमाणित औलो रोगीको पहिचानमा समस्या भएको बताए । जिल्लाभर स्वास्थ्य संस्थामा समेत प्रयाप्त प्रयोगशाला नभएको अवस्थामा स्वास्थ्य कार्यालयमा दरबन्दी अनुसारको जनशक्ती भएमा सहज हुने प्रमुख ठकुराठीको भनाई छ ।

म्याग्दीमा बेनी अस्पताल, प्राथमिक उपचार केन्द्र दरबाङ बाहेक अन्नपूर्ण गाउँपालिकामा २,रघुगंगा गाउँपालिकामा २,मालिका गाउँपालिकामा १ र धवलागिरी गाउँपालिकामा १ प्रयोगशाला रहेको छ भने मंगला गाउँपालिकामा छैन ।दक्षिण एशियामा औलोको उच्च जोखिममा रहेको भारतबाट धार्मिक तथा रोजगारीका लागि म्याग्दीमा बर्षेनी ठूलो संख्यामा भित्रिने गरेकाले जोखिममा रहेको स्वास्थ्य कार्यालयका गणेश सुबेदीले बताए ।

जिल्लामा निजी स्वास्थ्य संस्थाको प्रभावकारी समन्वयको अभावका कारण पनि शंकास्पद बिरामीको पहिचानमा समस्या भएको र सचेतनामुलक अभियानको अभावका कारण रोगीले समेत समयमै उपचार नपाउने अवस्था रहेको बताइएको छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ ।गण्डकी प्रदेशमा आर्थिक बर्ष २०७७÷०७८ मा १२ जना, ०७८÷७९ मा १३ जना र ०७९÷०८० मा २६ जना अन्य देशबाट आएका बिरामीको पहिचान भएको थियो । यो रोग संक्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ।

यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाच वर्ष मुनीका बालबालिका रहने गरेका छन् । संसारमा पाइने औलोको परजीविमध्ये दुई परजीवि प्लाज्मोडियम फाल्सिपेरम तथा प्लाज्मोडियम भाइभेक्स जातको परजीविमात्र नेपालमा पाइन्छ । यसमध्ये प्लाज्मोडियम फाल्सिपेरम गराउने औलो रोग बढी कडा तथा खतरनाक हुन्छ ।टाउको दुख्नु, बान्ता र ज्वरो आउनु यसका प्रमुख लक्षण हुन्। समयमै उपचार नगरेमा मलेरियाकै कारण ज्यानसमेत जान सक्छ ।

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८१ बैशाख १३, बिहीबार १२:५२

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८१ बैशाख १३, बिहीबार १२:५२

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८१ बैशाख १३, बिहीबार १२:५२

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP