२०८३ भाद्र २
August 18, 2026, Tuesday

व्यवसायी श्रेष्ठद्धारा जन्मदिनको अवसरमा मानवसेवा आश्रम र साहाराको घरलाई सहयोग

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बीचमा म्याग्दीका एक यूवा ब्यवसायीले मानवीय सेवामा सक्रिय दुई संस्थालाई सहयोग गरी जन्मदिन मनाउनुभएको छ ।

Advertisement

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जन्मदिनको अवसरमा सडक मानबको उद्धार र पुर्नस्थापनामा सक्रिय मानवसेवा आश्रम बागलुङको निर्माणधिन भवनमा २५ हजार र अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र साहाराको घर भरतपुर चितवनलाई ५ हजार आर्थिक सहयोग गर्नुभएको हो ।

म्याग्दीका सफल यूवा ब्यवसायी श्रेष्ठले हरेक बर्ष जन्मदिन र चाडपर्वमा नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहका बालबालिकालाई भोजन समेत गराउने गर्नुभएको छ ।

‘मानवीय सेवामा सक्रिय संस्थालाई सहयोग गरी जन्मदिन मनाएको छु, अगामी दिनमा पनि पवित्र कार्यमा जोडिनेछु’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । केही दिन अगाडी बेनीमा मानवसेवा आश्रमको मानव उद्धार तथा ब्यवस्थापनमा खेलेको भूमिलाई नजिकबाट निहाल्ने अवसर पाएपछि मानवसेवा आश्रमको क्षेत्रमा सहयोगको अभियानलाई जिल्लामा समेत सञ्चालन गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP