२०८१ बैशाख ३१
May 13, 2024, Monday

पुख्यौली नाच प्रतियोगितामा काफलडाँडा बिजयी

सुरेन गुरुङ/म्याग्दीको पहिचानको रुपमा चिनिएको लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगिताको उपाधी अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाले जितेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा गाउँपालिका स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको सर्वाधिक पुरस्कार राशीको पुख्यौली  प्रतियोगितामा वडा नम्बर १ दोवा द्धितिय र भुरुङ तातोपानी मैत्री समाज पोखरा तृतीय भएका छन् ।

Advertisement

प्रथम, दितृय र तृतीय हुने समूहलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा अध्यक्ष ओमप्रकाश फगामी लगायतले क्रमश नगद रु. ७५ हजार, ६० हजार र ४५ हजारका दरले पुरस्कार वितरण गर्नुभयो । ३ दिनसम्म सञ्चालन भएको १२ समूहले सहभागिता जनाएका थिए ।

मादलेमा अन्नपूर्ण गाउँपालिका–७ रिमा, मारुनीमा वडा नम्बर ५ शिख, हाइमार्नेमा पाउद्धार, भाका लय र शब्दमा काफलडाडा, पोशाकमा वडा नम्बर–४ नारच्याङ उत्कृष्ट भए भने वडा नम्बर २ भुरुङ तातोपानीले अनुशाषित समूहको उपाधी पाएका छन् ।

प्रतिभा पुन, डम्मर पुर्जा र लालबहादुर पुनको निर्णायक मण्डलले नृत्यको मूल्याङ्कन गर्नुभएको थियो । पुन, मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचारप्रसारका लागि भूमे पुजाको अवसरमा भुरुङ तातोपानीको वडा कार्यालयले पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरेको हो ।नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने माध्ययमका रुपमा प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका मुल संयोजक समेत रहेका वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । प्रतियोगितामा सहभागि पुख्र्यौलीनाचहरुमा अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, आमा समूह, युवायुवति, बालबालिका र बृद्धबृद्धा समेतले सहभागिता जनाएका थिए ।

अन्नपूर्ण गाउँपालिकाले रु ३ लाख बिनियोजन गरेको प्रतियोगिता सञ्चालन गर्न स्वदेश तथा विदेशमा रहेका भुरुङ– तातोपानीवासीको नेतृत्वमा रु. १९ लाख सहयोग जुटेको छ । अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनमगरले समुदायको सांस्कृतिक पहिचानको रुपमा रहेको पुख्र्यौली नाच अन्तरपुस्ता हस्तान्तरणको लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । आगामी वर्षको नीति तथा कार्यक्रममा कला संस्कृति र सांस्कृतिक क्षेत्रलाई प्राथमिकता राखिने बताउँदै मौलिक कला र संस्कृतिको विकास, प्रवर्द्धन र प्रचारप्रसार गरिने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले पर्यटकीय सम्भावनाले भरिपूर्ण अन्नपूर्ण गाउँपालिकामा रहेका कला र संस्कृतिलाई सांस्कृतिक पर्यटनको माध्यमबाट स्थानीयको आयआर्जन वृद्धि र जीवनस्तर सुधारमा गाउँपालिकाले जोड दिएको बताउनुभयो । म्याग्दीको थाली र पुख्यौली नाच सांस्कृतिक पहिचानको रुपमा चिनिन्छ ।

Related News

पुरानो चौतारी संरक्षण अभियानमा जुट्यो खुम्लिया यूवा क्लव
पुरानो चौतारी संरक्षण अभियानमा जुट्यो खुम्लिया यूवा क्लव
  • २०८१ बैशाख १६, आईतवार ०८:३३

म्याग्दीको मंगला गाउँपालिका–२,खुम्लियामा सातदशक अगाडी बनेको चौतारी पुनःनिर्माण तथा संरक्षण अभियानमा स्थानीय खुम्लिया यूवा क्लव जुटेका छन्। Advertisement बेनी–दरबाङ सडक...

रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारणसभा, विभिन्न व्यक्तीहरु सम्मानित
रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारणसभा, विभिन्न व्यक्तीहरु सम्मानित
  • २०८१ बैशाख १६, आईतवार ०८:३३

नेपाल रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारण सभा तथा अधिवेशन पश्चिम म्याग्दीको दरबाङमा शनिवार सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै...

‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण
‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण
  • २०८१ बैशाख १६, आईतवार ०८:३३

 म्याग्दीको मालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको ‘भाले बास्ने’ ताल पदमार्गले जोडिएको छ । मालिका गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुखुुबेसीबाट...

TOP