२०८२ असार २१
July 5, 2025, Saturday

खेलाडी उत्पादन गर्ने बेनीमा भलिबल प्रशिक्षण सुरु

नयाँ खेलाडी उत्पादन र पहिचान गर्न म्याग्दीको सदरमुकाम बेनीमा आज शुक्रवारदेखि १० दिनका लागि भलिबल प्रशिक्षण सुरु भएको छ । ‘नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला भलिबल संघको आयोजना र जिल्ला खेलकुद विकास समितिको सहकार्यमा महिला तथा पुरुष भलिबलको प्रशिक्षण सञ्चालन गरिएको हो ।

Advertisement

माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका, कक्षा ११ र १२ अध्ययन गर्दै गरेका तथा १२ कक्षा पास भई बसेका विद्यार्थीहरुलाई लक्षित गरेर भलिबलको प्रशिक्षण आयोजना गरिएको म्याग्दी जिल्ला भलिबल संघले जनाएको छ । नेपालको राष्ट्रिय खेल भलिबलप्रति आकर्षण बढाउन, नयाँ खेलाडीहरुको पहिचान तथा उत्पादन गर्न र खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित प्रशिक्षण सुरु गरिएको छ ।

Advertisement

भलिबल प्रशिक्षणको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई अनुशासनपूर्वक खेल प्रदर्शन गर्न सुझाव दिनुभयो । उहाँले भलिबललगायत खेलकुदजन्य गतिविधिहरुको टे«निङ सेन्टरका लागि बेनी नगरपालिकाले जग्गा व्यवस्थापन गरेको बताउँदै १० दिनको भलिबल खेललाई अवसरको रुपमा लिएर पूर्ण रुपले प्रशिक्षण लिनुपर्ने बताउनुभयो ।

खेलकुद क्षेत्रको विकास गर्नको लागि आवश्यक पहल गर्नुका साथै बजेटको समेत व्यवस्थापन गरिने नगर प्रमुख केसीको भनाइ छ । सोही कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले खेलकुदमा अनुशासन मुख्य भएकाले प्रशिक्षणमा सहभागी खेलाडीहरुले अनुशासनलाई ध्यानमा राखेर खेल्नुपर्ने बताउनुभयो । उहाँले खेलकुद क्षेत्रमा भएको लगानीको प्रतिफल लामो समयपछि देखिने बताउँदै नयाँ खेलाडी उत्पादन तथा खेलाडीहरुलाई थप दक्ष, योग्य र सक्षम बनाउन खेलकुद विकास समिति र म्याग्दी जिल्ला भलिबल संघले खेलकुदका गतिविधिलाई जोड दिएको बताउनुभयो ।

म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले खेलकुदमा नवआगन्तुक खेलाडीको पहिचानसँगै समग्र खेलकुदको विकास गर्न प्रशिक्षण आयोजना गरिएको बताउनुभयो । नेपाल पुलिस क्लबका भलिबल खेलाडी जमानसिङ परियारले अनुभव सुनाउनुभएको भलिबलको प्रशिक्षण कार्यक्रमको उद्घाटनसत्र म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष बानियाँको अध्यक्षता, महासचिव कुमार किसानको सञ्चालन र रघुगंगा गाउँपालिका भलिबल संघका अध्यक्ष अशोक शाहीले स्वागत गर्नुभएको थियो ।

भलिबलको प्रशिक्षण कार्यक्रममा संघका अध्यक्ष एवं प्रशिक्षक तेजेन्द्र बानियाँ, महासचिव कुमार किसान र सदस्य तथा प्रशिक्षक मलिनकुमार रोकाले प्रशिक्षण दिनुहुनेछ । भलिबल प्रशिक्षण कार्यक्रममा २० वर्षमूनिका म्याग्दी जिल्लाबाट पुरुष ४४ र महिला २८ जना प्रशिक्षार्थी खेलाडीहरुले सहभागिता जनाएका छन् ।

Related News

पत्रकार तथा सञ्चारकर्मीलाई लैङ्गिकमैत्री आधारभूत पत्रकारिता तालिम
पत्रकार तथा सञ्चारकर्मीलाई लैङ्गिकमैत्री आधारभूत पत्रकारिता तालिम
  • २०८१ बैशाख २८, शुक्रबार १५:१९

‘लैङ्गिक संवेदनशीलता ः जिम्मेवार पत्रकारिताको मूल आधार’ भन्ने मूल नारासहित लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम मङ्गलवार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न...

जलजलाका शिक्षकहरुलाई आईसिटी तालिम
जलजलाका शिक्षकहरुलाई आईसिटी तालिम
  • २०८१ बैशाख २८, शुक्रबार १५:१९

पर्वतको जलजला गाउँपालिका भित्रका आधारभूत तथा प्रा.वि.का शिक्षकहरुलाई पाँच दिने आईसिटी तालिम सुरु भएको छ ।विद्यालयहरुलाई प्रविधिमैत्रि बनाउन आधारभूत तहका...

एसइईमा उत्कृष्ट जिपिए ल्याउने अन्नपूर्णका विद्यार्थीलाई नगद सहित सम्मान
एसइईमा उत्कृष्ट जिपिए ल्याउने अन्नपूर्णका विद्यार्थीलाई नगद सहित सम्मान
  • २०८१ बैशाख २८, शुक्रबार १५:१९

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले यस राष्ट्रिय परीक्षा बोर्डले लिएको वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरुलाई नगद...

TOP