२०८३ असार ४
June 18, 2026, Thursday

पुरानो चौतारी संरक्षण अभियानमा जुट्यो खुम्लिया यूवा क्लव

म्याग्दीको मंगला गाउँपालिका–२,खुम्लियामा सातदशक अगाडी बनेको चौतारी पुनःनिर्माण तथा संरक्षण अभियानमा स्थानीय खुम्लिया यूवा क्लव जुटेका छन्।

Advertisement

बेनी–दरबाङ सडक अन्तरगगत सिम–कुहुँ–टोड्के जोड्ने सडकखण्डको खुम्लियामा रहेको पिपलको रूख सुकेपछि प्रयोगविहिन बनेको चौतारीलाई नयाँ स्वरुपमा मर्मत तथा बर–पिपल रोपण गरिने भएको हो । तत्कालिन समयमा भरिया र बटुवा, घाँसदाउराका लागि बनजंगलमा जाने स्थानीयबासीलाई लक्षित गरी स्वर्गीय टेकबहादुर घर्ती मगरद्धारा निर्मित चौतारी सडक सञ्जालको विस्तार र उचित संरक्षणको अभावका कारण पिपल सुकेपछि चौतारी समेत जिर्ण भएको खुम्लिया यूवा क्लवका उपाध्यक्ष तेजेन्द्र आचार्यले बताए ।

Advertisement

‘चौतारीको पूरानो इतिहास छ, कुनै समय गाउँघरमा भेला, बैठक, चौतारीमै बस्दथे,अब सधै प्रयोग हुने गरी पुननिर्माण गछौं’ उपाध्यक्ष आचार्यले भने। धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्वन्धित वर–पिपल रोपेर बस्न मिल्ने गरी चौतारी बनाइने र खानेपानीको धारा निर्माणका लागि समेत गाउँपालिका सहित अन्य संघसंस्थालाई समेत सहयोग मागिने छ ।

तत्कालिन समयमा टोड्केमा रहेको स्वर्गाद्धारीको शाखा आश्रमबाट पैदल हिडेर पश्चिम म्याग्दी हुदै बागलुङबाट प्युठानको स्वर्गद्धारीमा जाने धार्मिक भक्तजनहरुले चौतारी आसपासमा भोजन गर्ने स्थल बनाएर समेत बस्ने गरेको स्थानीय बुढापाकाको भनाई छ ।

चौतारी आसपासमा होडिङ बोर्ड राखेर दाताको सहयोग तथा धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार समेत गर्ने योजना छ । चौतारी बनाएका दाताका आफन्त झलकबहादुर घर्तीमगरले पुर्खाले बनाएको चौतारी बनाउन आफ्नो तर्फबाट सहयोग हुने बताए । चौतारी नजिकैको डिलबाट म्याग्दी नदी, ताराखेत, बरंजाको सातविसे लगायतका बस्तीहरु देखिन्छ ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP