२०८३ असार २
June 16, 2026, Tuesday

हानिकारक सामाजिक मान्यताहरू न्यूनिकरणमा विद्यार्थीको चासाे

हानिकारक सामाजिक मान्यताहरू समाजका लागि चुनौती भएको भन्दै न्यूनिकरणमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

Advertisement

म्याग्दी विकास युनेस्को केन्द्रको आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको सहयोगमा रघुगंगा गाउँपालिका-२,भगवतीस्थित मुक्तिथाम माविमा आयोजित सामाजिक कुरीति बिरुद्धको अभियान कार्यक्रममा समुदायमा हुने हरेक गलत क्रियाकलाप विरुद्ध विद्यार्थीको अग्रसरता आवश्यकता रहेको बताइएको थियो ।

Advertisement

कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले लैङ्घिक, हिंसा, बाल विवाह, दाईजो प्रथा, जातिय भेदभाव, मानव बेचविखन तथा ओसारपोसार लगायतका हानिकारक अभ्यासहरुको न्युनिकरणका अभियानहरु प्रभावकारी भइरहेको र यसलाई समुदायस्तरमा निरन्तरताको आवश्यकता रहेको बताए ।

कार्यक्रममा अभियान्ता मुक्ति ढुंगाना, दलित अभियान्ता याम किसान, म्याग्दी विकास युनेस्को केन्द्रका अध्यक्ष निर्मल खत्रीले सहजीकरण गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष अमृत भण्डारीले समाजमा सामाजिक विभेद र हानिकारक सामाजिक मान्यताहरुलाई विस्थापनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रअ टेकबहादुर केसी, सञ्चालन म्याग्दी विकास युनेस्को केन्द्रका हरिकृष्ण आचार्यले गरेका थिए । यसैबीच धवलागिरी गाउँपालिकाको वडा नं ३ मुना र वडा नं ४ मुदी समेत कार्यक्रम गरिएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP