२०८३ असार २
June 16, 2026, Tuesday

नेपाल प्रेस युनियनको स्थापना दिवस,स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न वितरण

नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा म्याग्दीमा स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न साम्रागी वितरण गरिएको छ । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आयोजना तथा नेपाल औषधि ब्यवसायी संघ म्याग्दीको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिक, पत्रकार एवम् संचारकर्मी, विद्यार्थी, मजदुर गरी ६७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । संघका अध्यक्ष एवम् स्वास्थ्यकर्मी शम्भुराज पाण्डेको नेतृत्वमा सुगर, प्रेसर परीक्षण गरिएको थियो ।

Advertisement

त्यस्तै पत्रकार महासंघको कार्यालयमा सरसफाई गर्ने बेनी नगरपालिका–३, भकिम्लीकी मनकुमारी परियार, म्याग्दीबाट प्रकाशित हुने पत्रिका वितरक गर्ने पर्वत जलजला गाउँपालिका–७ धाइरिङका सन्ते नेपाली र बैदेशिक रोजगारीमा श्रीमान गुमाउनुभएकी बेनपा–६ डम्बराकी जानकी विश्वकर्मालाई करिब २२ हजार बराबरको खाद्यान्न साम्रागी वितरण गरिएको थियो ।

Advertisement

स्थापना दिवसको उद्घाटन गदैं नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य धुब्रसागर शर्माले नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानलाई युनियनले ऐक्यबद्धता जनाएको बताउँदै विचार र आस्थाका आधारमा सदस्यता नवीकरण हुन नदिने र सदस्य हुनबाट वञ्चित गर्ने कार्य भएमा प्रतिवाद गर्ने बताउनुभयो । ‘जिल्लाबाट भएको निर्णयलाई हामीले सर्मथन गछौं, फरकबाटोबाट सदस्यता आएमा मान्य हुने छैन’ केन्द्रिय सदस्य शर्माले भन्नुभयो ।

स्थापना दिवसको अवसरमा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, प्रेस चौतारी म्याग्दीका सचिव अमृत विश्वकर्माले श्रमजीवी पत्रकारको हकहित संरक्षणमा सहकार्यसँगै प्रेस युनियनले रचनात्मक कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठ, पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, क्रान्तिकारी पत्रकार संघ म्याग्दीका अध्यक्ष कमल खत्री, टे«ड यूनियन कांग्रेस म्याग्दीका सभापति कोमलप्रसाद उपाध्याय लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा बेनी सामुदायिक विद्यालयका विद्यार्थीको चेकजाँच सँगै सुगर र प्रेसर रोगका बारेमा सचेतनामुलक कार्यक्रम समेत गरिएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP