२०८३ असार २
June 16, 2026, Tuesday

अन्तर मावि लोक गीतमा त्रिभुवन मंगलाकी युनिसा परियार प्रथम

म्याग्दी । प्रतियोगितामा लिटल गार्डेन एकेडेमीका कुशल गोतामे द्वितिय, ज्ञान प्रकाश माविका शाहिल विश्वकर्मा तृतिय र राष्ट्रिय मावि नेप्टेचौरकी मुस्कान चोखालले शान्त्वना स्थान हासिल गर्नुभएको छ । उहाँहरुले क्रमशः नगद रु २५ हजार ५ सय ५५, १५ हजार ५ सय ५५, १० हजार ५ सय ५५ र ५ हजार ५ सय ५५ सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभएको छ ।

Advertisement

प्रोत्साहन स्वरुप जामुनाखर्क माविकी जमुना परियार र बेनी वोर्डिङकी एस्ली कार्कीलाई नगद रु १ हजार सहित पुरस्कृत गरिएको प्रतिष्ठान म्याग्दीका सचिव विजुन केसीले जानकारी दिनुभयो । विजेताहरुलाई प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसी, केन्द्रीय सचिव तथा निर्णायक संयोजक शंकर विरही गुरुङ, केन्द्रीय सहसचिव एवम् निर्णायक तारानाथ आचार्य, संस्थापक केन्द्रीय सदस्य धनकुमारी थापा, प्रतिष्ठान म्याग्दीका निर्वतमान अध्यक्ष देबेन्द्र घिमिरे लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Advertisement

यसअघि कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले कला र संस्कृति देशको सम्पति भएकाले यसको संरक्षण गर्नु राष्ट्रको जिम्मेवारी हुने बताउनुभयो । उहाँले लोक गीतले मानव जीवनको कथा बोल्ने भएकाले पनि सवैको प्रीय हुने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सहसचिव तारानाथ आचार्य, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, प्रतिष्ठान म्याग्दीका संस्थापक अध्यक्ष किरण सापकोटा, सल्लाहकार नेत्र महत, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठान म्याग्दीका संस्थापक अध्यक्ष किरण सापकोटा, मौलिक लोक गायक कुमार पुन, सर्जक एवम् संचारकर्मी प्रकाश पौडेललाई सम्मान गरिएको थियो ।

साथै लोक दोहोरी गायक स्वर्गीय चक्रप्रसाद बानियाँलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन तथा कलाकार कल्याणकारी कोष बृद्धि गर्ने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताउनुभयो । कार्यक्रममा गायक जिसीको नयाँ लोक दाहोरी गीत गल्वन्दी बैनाको लोकार्पण समेत गरिएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP