२०८३ असार २
June 16, 2026, Tuesday

युवालाई लक्षित गरी अन्नपूर्णमा पर्यटन ट्रेकिङ गाईड तालिम सुरु


म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पालिका भित्रका युवाहरुलाई लक्षित गरी पर्यटन ट्रेकिङ गाईड तालिम सुरु गरेको छ । पालिकाको वडा नं. ४ नारच्याङमा रहेको सिर्जनशिल आमा समुहमा सभाहलमा संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय अन्तरर्गतको नेपाल माउटेन एकेमेडका प्रशिक्षकहरुले १५ दिन सम्म तालिममा सहजिकरण गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो ।

Advertisement

१३९ घण्टाको तालिममा सहभागी भएपछि सहभागीले टे«किङ गाईडको प्रमाण पत्र प्रदान गरिने सुबेदीले बताउनुभयो । यसले पर्यटन मन्त्रालय र टे«किङ एजेन्सीहरु संग समन्वय गरेर सहभागी भएका युवालाई रोजगारीका लागि पहल गरिने उहाँको भनाई थियो ।

Advertisement

पालिका भित्रका ८ वटा वडाका २५ जना युवाहरुले सहभागी रहेको तालिममा गाउँपालिका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण गाउँपालिका पर्यटनको हिसाबले सम्भावना भएकाले पालिकाका युवालाई तालिम दिएर आन्मनिर्भर बनाउन तालिमको आयोजना गरेको बताउनुभयो ।

उहाँले यस तालिमले यहाँको पर्यटन व्यवसायी र बेरोजगार युवाहरुले रोजगार पाउने विश्वास रहेको बताउदै तालिम लिएर आत्मनिर्भर हुनेमा विश्वास रहेको बताउनुभयो ।पछिल्लो समय अन्नपूर्ण आधार शिविर जाने पर्यटकको संख्या बढ्दै गएको र त्यस क्षेत्रलाई पर्यटनको गन्तव्यको रुपमा विकास गर्न दक्ष जनशक्तिको आवश्यकता महशुस गरी तालिम संचालन गरेको बताउँदै पालिकामा गाईडको आवश्यक रहेको अध्यक्ष पुनको बताउनुभयो ।


तालिममा पर्यटन सुरक्षा र जोखिम, समूह व्यवस्थापन, प्राकृतिक, ऐतिहासिक सम्पदाको व्याख्या शैली, दिगो पर्यटन व्यवस्थापन, आकस्मिक प्राथमिक उपचार विषयमा माउटेन एकेडेमीका अनुप अधिकारी र निरेन्द्र महर्जनले प्रशिक्षण दिनुहुनेछ । उक्त तालिमको उद्घाटन कार्यक्रम पालिकाका उद्यम विकास शाखाकी बिष्णु गौतमले गर्नुभएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP