Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

युवालाई लक्षित गरी अन्नपूर्णमा पर्यटन ट्रेकिङ गाईड तालिम सुरु


म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पालिका भित्रका युवाहरुलाई लक्षित गरी पर्यटन ट्रेकिङ गाईड तालिम सुरु गरेको छ । पालिकाको वडा नं. ४ नारच्याङमा रहेको सिर्जनशिल आमा समुहमा सभाहलमा संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय अन्तरर्गतको नेपाल माउटेन एकेमेडका प्रशिक्षकहरुले १५ दिन सम्म तालिममा सहजिकरण गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो ।

Advertisement

१३९ घण्टाको तालिममा सहभागी भएपछि सहभागीले टे«किङ गाईडको प्रमाण पत्र प्रदान गरिने सुबेदीले बताउनुभयो । यसले पर्यटन मन्त्रालय र टे«किङ एजेन्सीहरु संग समन्वय गरेर सहभागी भएका युवालाई रोजगारीका लागि पहल गरिने उहाँको भनाई थियो ।

Advertisement

पालिका भित्रका ८ वटा वडाका २५ जना युवाहरुले सहभागी रहेको तालिममा गाउँपालिका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण गाउँपालिका पर्यटनको हिसाबले सम्भावना भएकाले पालिकाका युवालाई तालिम दिएर आन्मनिर्भर बनाउन तालिमको आयोजना गरेको बताउनुभयो ।

उहाँले यस तालिमले यहाँको पर्यटन व्यवसायी र बेरोजगार युवाहरुले रोजगार पाउने विश्वास रहेको बताउदै तालिम लिएर आत्मनिर्भर हुनेमा विश्वास रहेको बताउनुभयो ।पछिल्लो समय अन्नपूर्ण आधार शिविर जाने पर्यटकको संख्या बढ्दै गएको र त्यस क्षेत्रलाई पर्यटनको गन्तव्यको रुपमा विकास गर्न दक्ष जनशक्तिको आवश्यकता महशुस गरी तालिम संचालन गरेको बताउँदै पालिकामा गाईडको आवश्यक रहेको अध्यक्ष पुनको बताउनुभयो ।


तालिममा पर्यटन सुरक्षा र जोखिम, समूह व्यवस्थापन, प्राकृतिक, ऐतिहासिक सम्पदाको व्याख्या शैली, दिगो पर्यटन व्यवस्थापन, आकस्मिक प्राथमिक उपचार विषयमा माउटेन एकेडेमीका अनुप अधिकारी र निरेन्द्र महर्जनले प्रशिक्षण दिनुहुनेछ । उक्त तालिमको उद्घाटन कार्यक्रम पालिकाका उद्यम विकास शाखाकी बिष्णु गौतमले गर्नुभएको थियो ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!