२०८३ भाद्र २
August 18, 2026, Tuesday

मंगलाका ३२ द्वन्द्वपीडितलाई सम्मान

म्याग्दीको मंगला गाउँपालिका भित्रका ३२ द्धन्द्धपीडित परिवारलाई सम्मान गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा द्धन्द्धपीडित अधिकार मञ्च, द्धन्द्ध महिला राष्ट्रिय सञ्जाल र अपाङ्गता भएका द्धन्द्ध पीडितहरुको राष्ट्रिय संजालको आयोजनामा नेपालमा २०५२ सालदेखि ०६२ सालसम्म १० वर्ष चलेको द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट विस्थापित द्वन्द्वपीडितहरुका परिवारलाई सम्मान गरिएको हो ।

Advertisement

उक्त सम्मान कार्यक्रममा सहभागी द्धन्द्धपिडितहरु र उनीहरुका परिवारले स्थानीय तह र राज्यले आफुलाई उपेक्षा गरेको गुनासो गरेका हुन् । कार्यक्रममा खरिमाया किसानले द्धन्द्ध पीडितहरुलाई अहिले सम्म कुनै सहयोग र राहत नपाएको बताउनुभयो । उहाँले स्थानीय तहले आयआर्जनमा केन्द्रित भएर कार्यक्रमहरु ल्याईदिएमा छोराछोरी पाल्न र पढाउन सहज हुने बताउनुभयो ।

त्यस्तै मंगली बिकले राज्यले पीडितलाई राहतका कार्यक्रमहरु घोषणा गरेपनि अहिले सम्म कुनै राहत नपाएको बताउनुभयो । उहाँले का मगर्न सक्नेलाई स्थानीय तहले आफ्नो दक्षता अनुसारको रोजगारी दिएपनि द्धन्द्ध पीडितको जिवनस्तर सुधार हुने बताउनुभयो । कार्यक्रमा उपस्थित भएका अधिकांशको गुनासो सकारले आफुलाई वेवास्ता गरेको बताएका थिए ।
उक्त सम्मान कार्यक्रममा गाउँपालिका उपाध्याक्ष प्रेमकुमारी खत्रीले गाउँपालिकाले द्धन्द्ध पीडितहरु र परिवारलाई प्रत्येक बर्ष कुनै न कुनै कार्यक्रमको माध्यमबाट सम्बोधन गरेको बताउनुभयो । उहाँले पालिका बजेट कम हुने भएकाले एक पटकमा सबै समस्या समाधान हुने गरी सम्बोधन गर्न नसकीएको बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख रमेश थापाले सकारात्मक सोज र भावी योजनाहरु कस्ता हुनुपर्छ भन्ने बिषयमा, सुजता खत्रीले महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघ सुरक्षा परिषद प्रस्ताव नम्बर १३२५ र १८२० र अन्य पुरकको बिषयमा र सुरेन्द्र खत्रीले समकालीन न्यायको बारेमा सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमा गाउँपालिकाका प्रवक्ता एमव् वडा नं. १ कुहुँका वडा अध्यक्ष एकजित रोका, वडा नं. ४ का वडा अध्यक्ष लालबहादुर रोका, मंगला माविका प्र.अ लगायतले बोलको कार्यक्रममा द्वन्द्वपीडित अधिकार द्धन्द्धपीडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष भीमबहादुर रिजालको अध्यक्षता द्धन्द्ध महिला राष्ट्रिय सञ्जालको अध्यक्ष देबीकुमारी खत्रीको स्वागत र अधिकार मञ्च समाजका सचिव सुरेन्द्र खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP