२०८२ माघ १
January 14, 2026, Wednesday

जीवन कुँवरको ‘घर त मेरो म्याग्दी पुलाचौर’ पञ्चेबाजाको गीत सार्वजनिक


किरन कार्की
म्याग्दी । म्याग्दीका लोक दोहोरी गायक जीवन कुँवरको पञ्चे बाजामा आधारित लोक दोहोरी गीत ‘घर त मेरो म्याग्दी पुलाचौर’ सार्वजनिक भएको छ ।

Advertisement

https://youtu.be/eTueHAMCCFs
बेनी नगरपालिका–५ चिप्लेटीका गायक कुँवरको शब्द, लय र स्वर रहेकोे नयाँ गीतको म्युजिक भिडियो कुँवरको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

Advertisement


गीतमा गायक कुँवर संगै गायीका पवित्रा थापाको स्वर रहेको छ । गीतको म्यूजिक भिडियोमा म्याग्दीका कलाकार राजकुमार परियार र रिया मगरले अभिनय गरेका छन् ।
‘घर त मेरो म्याग्दी पुलाचौर’ पञ्चेबाजा गीतको म्युजिक भिडियो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष तथा लोक दोहोरी गायक ध्रुब जिसीले निर्देशन गर्नुभएको छ ।


गीतको भिडियो चिप्लेटी, पुलाचौर, बेनी, गलेश्वर लगायतका स्थानमा छायांकन गरिएको छ । किरण कार्की र दिप्सन खड्काले छायाँकन गर्नुभएको हो । गीतको शव्द तथा भिडियोमा समेत जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुलाई समेटिएको छ ।
मौलिक लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्य अनुरुप पञ्चेबाजाको गीत तयार गरिएको गायक कुँवरले बताउनुभयो ।

Related News

बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
  • २०८१ असार २, आईतवार १३:२३

बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको...

दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
  • २०८१ असार २, आईतवार १३:२३

बेनी बजार निवासी स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाख राशिको पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ...

लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
  • २०८१ असार २, आईतवार १३:२३

म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा...

TOP